काभ्रेपलान्चोक – संञ्चार क्षेत्रमा धेरै जस्तो गुन्जिने भाका मध्ये काँठे भाका पनि एक हो । आज भोलि काँठे भाकाको गीतहरु पनि धेरै बज्ने र धेरै हाइलाइटमा आउने गरेको पाइन्छ। यसै क्रममा सुशिला घिसिङको प्रस्तुतिमा “डोको डालो” भर्खरै मात्र बजार सार्वजनिक भएको छ। यस गीतमा पनि अरु काँठे भाकाहरु जस्तै प्रकाश तामाङ् (राज) को अभिनय रहेको छ । यस भन्दा अगाडि पनि थुप्रै काँठे लोक भाकामा आफ्नो अभिनय गरि चर्चा कमाउदै आएका मोडल हुन राज तामाङ ।
चर्चित गायक तथा नेपाली गीत संगीत क्षेत्रको अझ विशेष काँठे भाकाको राजा भनेर चिनिने रामकुमार नेपाली र यस्तै सुमधुर स्वराकि धनि पछिल्लो समयमा धेरै चर्चामा रहनु भएको प्रतिभा शालि गायिका प्रतिमा अर्यालको सुमधुर आवाज रहेको उक्त गीतले संञ्चार क्षेत्रमा र धेरै जस्तो Tiktok मा गुन्जि रहेको छ । यस्तै दिन प्रति दिन दर्शक श्रोताको रोजाइमा पर्दै गीतला आफ्नो चर्चा कमाउदै गएको देखिन्छ । गायक रामकुमार नेपाली काँठ क्षेत्रको धेरै चर्चित कलाकारहरु मध्येको एक हो ।यस भन्दा अगाडि पनि धेरै गीतहरु बजारमा सार्वजनिक भएर आम दर्शकहरुको रोजाइमा परेका छन्। गायक तथा सञ्चारकर्मी महेश नेपालको मिठो शब्द सिर्जना तथा राम स्याङ्तानको मनै लोभिले म्युजिक रहेको गीतको म्युजिक एरेन्ज भने आरके मिलनले गरेका छन्।
सार्वजनिक उक्त गीतमा प्रकाश तामाङ् (राज), राज मगर र आयुष्मा कार्कीको अभिनय देख्न सकिन्छ भने निरेन श्रेष्ठले म्युजिक भिडियोको निर्देशन र मोडल तामाङले कोरियोग्राफी गरेका छन् । मुकेश हुमागाईंको छयाँकन र राज रोसन धितालको सम्पादन गरेका हुन् । म्युजिक भिडियो Ram Tamang Official YouTube च्यानल मार्फत सार्वजनिक भएको छ ।