काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाँउपालिकामा भर्खरै सम्पन्न स्थानिय निकायको निर्वाचनमा गाँउपालिका अध्यक्षमा गठबन्धनकोतर्फबाट नेकपा माओवादि केन्द्रका उम्मेदवार प्रेम बहादुर भुजेल निर्वाचित हुनुभएको छ । संघियतासहितको पहिलो स्थानिय निकायको निर्वाचनमा नेकपा एमाले निर्वाचित भएको यस पालिकामा दोश्रो निर्वाचनमा नेकपा माओवादि केन्द्रको तर्फबाट अध्यक्षमा प्रेम बहादुर भुजेल उर्फ बृहत र उपाध्यक्षमा जितेन्द्र लामा उर्फ दावा निर्वाचित हुनुभएको हो । १० वटा वडा रहेको भुम्लु गाँउपालिकामा ५ वटा वडा नेकपा एमालेबाट निर्वाचित हुनुभएको छ, १–१ वटा वडा नेकपा माओवादि केन्द्र र नेकपा एकिकृत समाजवादिको तर्फबाट निर्वाचित हुनुभएको छ भने ३ वटा वडा नेपाली काग्रेशका उम्मेदवार विजयी हुनुभएको छ । अरनिको राजमार्गसँग जोडिएको यस गाँउपालिकामा विकासका अत्यन्तै धेरै संभावनाहरु जोडिएका छन् । पर्यटकिय क्षेत्रसमेत मानिने दोलालघाट अत्यन्तै पर्यटनको संभावना बोकेको स्थान हो । यहा बर्षेनी हजारौको संख्यामा स्वदेशी तथा विदेशी पर्यटकहरुको घुईचो लाग्ने गर्दछ ।

चौबास, सापिङ लगायतका भुम्लुका डाडा डाडामा संभावना नै संभावनाहरु भरिएका छन् । उर्वर भुमि रहेको भुम्लु गाँउपालिकामा कृषिको समेत राम्रो संभावना रहेको छ ।

प्रेम बहादुर भुजेलले देखेका पाँच बर्षे सम्भावना र सपनाहरु यस प्रकार रहेका छन् :
भुम्लु गाँउपालिकाका अध्यक्ष प्रेम बहादुर भुजेलले आफ्नो कार्यकालमा भुम्लु गाँउपालिकालाई समृद्ध भुम्लु निर्माण गर्ने सपना देखेका छन् । चाहानाहरुका अनगीन्ति चाङ र सिमित स्रोत र साधनका विच जनताका अपेक्षाहरु पुरा गर्नुपर्ने वाध्यता भुजेललाई रहेको छ । सत्ताप्रतिको उग्र अपेक्षा, पाँच बर्षमै पालिकामा अनपेक्षित विकास हुने छ भन्ने जनताको भ्रम विच कार्य गर्न त्यति सहज भने छैन ।
भुम्लु गाँउपालिकाका अध्यक्ष भुजेलले पाँच बर्षमा भुम्लुलाई विकासको काचुलि फेर्ने सपना देखेका छन् । पहिलो मुद्दामा लालपुर्जा विहिन गाँउपालिकावाशीलाई लालपुर्जा दिलाउने कार्य ६ महिनाभित्रै सम्पन्न गर्ने प्रतिबद्धतासमेत भुजेलले जनाईसकेका छन् । यस कार्यका लागि भुजेल निरन्तररुपमा संवादमा समेत रहेका छन् । त्यस लगतै भुम्लुवाशीको जनजीवनलाई विकास गर्ने र आयस्तरमा विकास गर्ने खालका योजनाहरुको खोजी र कार्य नै दोश्रो प्राथमिकतामा राख्ने छन् । आयस्तर विकास गर्नका लागि १० वटै वडामा आयस्तर बढाउने खालका एक वडा एक विशेषताको खोजी गरि त्यस कार्यक्रमलाई सफल बनाउनको लागि बजेट विनियोजन गर्ने र भुम्लुवाशीलाई भुम्लु मै रोजगारको सृजना गर्नेछन् । कृषिको क्षेत्रमा भुम्लु गाँउपालिकाको मुख्य समस्या भनेको बादरले बालिमा पार्ने समस्या हो । यसको दिर्गकालिन समाधान नै कृषकको व्यवस्थापनको मुख्य आधार हो । यसका लागि आवश्यक औजारीकरणहरुको व्यवस्थापन गर्ने र तत्कालिन अवस्थामा यसको समाधानको लागि भोलुन्टर मान्छेहरु गाँउपालिकाकोतर्फबाट छुट्याउने र बालि रहेको लक्षित क्षेत्रको पहिचानगरि व्यवस्थापन गर्ने रहेको छ । भुम्लु गाँउपालिकाको मुख्य सडक र सहायक सडकहरुको स्तरोन्नती गर्ने, संभावना भएसम्मको बजेट केन्द्र र प्रदेशसँग माग गर्ने र संभावना भएका क्षेत्रमा कालोपत्रे र ढलानको व्यवस्थापनसमेत गर्नेमा विशेष ध्यान दिने कृषि उत्पादन हुने स्थानलाई विशेष स्थानको रुपमा राख्ने जसका कारणले कृषिको उत्पादन सजिलै बजारसम्म लाने व्यवस्थापन मिल्ने छ । आवश्यकताबमोजिम सडक संरक्षक राखेर बाझा सरकारी जग्गामा विरुवाहरु रोप्ने, सडकको छेउमा रहेको अनावश्यक विरुवाहरु हटाउने र फुल, अम्रिसो लगायत रोप्ने जसले गर्दा सुन्दर भुम्लु निर्माणमा सहयोग पुग्ने छ । तत्कालीन अवस्थामा प्रयोग भैरहको खोनपानीको मुहानलाई संरक्षण गर्ने एक घर एक धारा कार्य पाँच बर्ष भित्र सम्पन्न गर्ने । कृषि क्षेत्रको अवलोकन गरि सिचाईको व्यवस्थापनको कार्य सम्पन्न गर्ने, सुनकोशीको पानी लिफ्टिङ गर्ने, मुहानहरुमा पक्की ट्याकि जम्मा गर्ने हो । भुम्लु गाँउपालिकामा सिचाईको व्यवस्थापन भएसँगै भुम्लुमा बाझा खेतहरु हराबरा हुनेछन् र स्थानिय उत्पादनले काभ्रेभरिलाई तरकारीको मुख्य केन्द्रको रुपमा निर्माण गर्न सकिने छ । एक वडा एक सामुहिक कृषि फर्म १० वटा वडामा १० वटा निर्माण गर्ने । किसानको उत्पादन बजारसम्म पु¥याउन गाँउपालिकाले कलेक्सन स्थान व्यवस्थापन मिलाउने छ । राष्ट्रिय समस्यामा रहेको मलको समस्या समाधानको लागि आवश्यक पहल कदमी लिई भारतबाट सिधै गाँउपालिकासम्म मल ल्याउने व्यवस्थापन गर्ने । साथै, जैविक मल उत्पादनको विशेष कार्यक्रमहरु समेत ल्याउदै छौ । स्वास्थ्य केन्द्र रहेको ठाँउमा आवश्यक विकासका योजनाहरु सम्पन्न ग िगुणस्तरमा बृद्धि ल्याउने छौ । दुर दराजबाट शिक्षा हासिलका लागि आउने विद्यार्थीका लागि आवास सहितको विद्यालय निर्माण गर्ने, विद्यालयमा आवश्यक पुर्वाधार विकास गर्ने, प्राविधिक विद्यालयलाई पुर्ण प्राविधिक विद्यालयमा परिवर्तन गरी प्राविधिक विद्यालयका लागि काभ्रेको मात्रै नभैकन देशकै केन्द्र बनाउनेमा हाम्रो मुख्य भुमिका रहनेछ । सरकारी पाखामा रहेका बनमारालाई हटाएर तितेपातिको घारी बनाई जडिबुटि प्रबद्धन कार्यक्रम गर्ने छौ । तत्काल प्राईभेट पब्लिक लगानीबाट मिनरल वाटर उद्योग बनाउने छौ र गाँउपालिकास्तरमा विक्रि वितरण गर्ने छौ । बनमा सल्लाह धुपिलाई हटाएर काफलहरु लगायत चिया बगान बनाई पर्यटनलाई लोभ्याउने र आर्थिक विकासमा समेत टेवा पुग्ने कार्य गर्ने छौ, अलौचि बगानसमेतको निर्माण गर्ने र खाद्य सामाग्रीको उत्मादनमा आत्मनिर्भर बन्ने सपना पाँच बर्षभित्र पुरा हुने छ । दोलालघानलाई सफा र हराबरा दोलालघाट निर्माण गर्ने, बगैचाहरु निर्माण गर्ने, फोटोसुट पार्क बनाउनेदेखि र्याफ्टिङ र डुंगा सफारीको राजधानी नजिकको भ्रमणको प्रमुख गन्तव्य निर्माण गर्ने छौ ।

यो प्रेम बहादुर भुजेलले आफ्नो पाँच बर्षे कार्यकालमा देखेका सपना हुन् । यस सपना भुजेलले पाँच बर्षमा पुरा गरि जिल्लाकै नभई कन प्रदेश र देशकै नमुना गाँउपालिका निर्माण गर्ने सपना देखेका छन् । भुजेल भन्नुहुन्छ गाँउपालिका निर्माणमा प्रतिश्पर्दा गर्नुपर्दछ, हामी सपना बाढ्दैनौ र धेरै कुरा बोल्दौनौ तर परिणाम देखिनेगरि कार्य गरेर देखाउने छौ ।

 

 

 

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly