यो कल्पना हैन, वास्तविकाता हो । त्यतिबेलै भोजपुरको पूर्वि क्षेत्रको एउटा गाउँ याकुमा जन्मेर हाइस्कुलसम्मको अध्ययन गाउँमै पुरा गरी त्यतिबेलाको आइ.ए. अध्ययनका लागि नजिकको शहर धरान झरेको एउटा नवजवान ठिटो आइ. ए. सम्मको अध्ययन सकाएर गाउँमै गएर काम गर्नुुपर्छ भन्ने अठोटका साथ गाउँ फर्कनु, गाउँकै स्कुलमा पढाउँदा पढाउदै उच्च शिक्षालाई प्राथमिकता दिदै पुनः थप अध्ययनका लागि काठमाडौं पुग्नु र काठमाडौंमा पढ्दा पढ्दै जीवनमा केहि गर्नको लागि जनता विच जोडिनु पर्छ भन्ने सोच बोकेको एउटा ठिटो काभ्रेपलाञ्चोकको तत्कालिन महादेवस्थान गाउँ पञ्चायतस्थित ललु कुमार शाहीको संम्पर्क मार्फत डेडीथुम्का पुगेर पढाउन थाल्लु, चाखोलास्थित रानीटार पारीको दहमा नुहाउँने क्रममा दुर्घटनामा परी ३१ बैसाख २०२९ मा २५ बर्षको युवा उमेरमा त्यहि आफ्नो जीवनलाई सदाका लागि बिसाउन पुग्नु एउटा सामान्य कुरा थिएन ।
त्यसै सन्दर्भमा उहाँको देहवसान भैसकेपछि झण्डै ५१ वर्षपछि मास्टर डुबेको दहमा श्राद्धादि कर्म हुन, हामी मण्डनदेउपुरका मासिनहरु त्यहाँ जोडिनु एउटा ऐतिहासिकमात्र सन्दर्भ थिएन । त्यहाँ सिंगो मण्डनको शैक्षिक इतिहास लुकेको थियो । खगेन्द्र विष्णु फउण्डेशन समेतको गठन भइसकेको त्यस सन्दर्भमा स्व. खगेन्द्र सरसंग जोडिएको थुप्रै कुराहरुको संकलन गर्नु थियो र शुरु हुन पुग्यो।
त्यसै क्रममा केशव दाहालले संचालन गर्नुभएको कार्यक्रममा स्व. खगेन् ढकालका नाति निक्शन ढकालले सबैलाई स्वागत, स्व. ढकाल सरका विद्यार्थी एकराज कुमार शाहीले ढकाल सरको सम्झना चर्चा, खगेन् सरका भाइ पूर्व मन्त्री टंक ढकालले वहाँको ब्यक्तित्व चर्चा, पत्रकार तिर्थ कोईरालाले कृति परिचय, प्रमुख अतिथिले सम्झना मन्तब्य र ढकाल सरका पुत्र नवराज ढकाल बाट धन्यवाद ज्ञापन गरिएको कार्यक्रममा खगेन् सर स्मृति ग्रन्थका लेखकहरुलाई भब्य सम्मान गरिएको थियो ।
त्यतिमात्र थिएन कार्यक्रम मार्फत स्व. खगेन्द्र सरको बारेमा धेरै नयाँ कुराहरुको नयाँ जानकारी प्राप्त भैरहेको थियो । खगेन् विष्णु फाउण्डेसनद्वारा प्रकाशित खगेन् सर’ नामक स्मृति ग्रन्थ लोकार्पण समारोहमा उहाँका सुपुत्र नवराज ढकालको निमन्त्रणा पाएर सहभागी हुन पुगेकोले पुस्तकको प्राप्तिपछि केहि समय दिल लगाएर पढेँ । पुस्तकमा फाउण्डेशन परिवारको शब्दपुष्पहरु अन्तर्गत विष्णुदेवी ढकालको के भन्नु मैंले अब, देवराज अधिकारीको दृढ स्वभावका खगेन्दै राज, रुद्रप्रसाद ढकालको भाउजुठुल्दमाजु अझै हुनुहुन्छ, टंकप्रसाद ढकालको हो ठूल्दाजु लेखान्त नै हो, भिमप्रसमद अधिकारीको त्यो बिदाई नै अन्तिम भेट रहेछ, नबराज ढकालको मुटुको स्पन्दनः मेरा पिताजी, केशव दाहालको नदेखेको मान्छेको नाममा, कल्पना ढकालको श्रद्देय शसुराबाप्रति मेरा शब्दपुष्प, डा मुगल सम्राठ दाहालको अझै ननिभेको ज्योतीपुञ्ज, डा. नमिका ढकालको आदर्शको चौतारी मेरा बुबा, निक्सन ढकालको वियोगका पचासौं वर्ष, डा. विप्लव ढकालको श्रद्देय खगेन्द्र दाजुप्रति श्रद्धाकाफुलहरु, भूपाल ढकालको फउण्डेशनका ध्रुवताराः खगेन्द्रराज, डा. प्रकाश ढकालको पुजय चरणमा कुसुमाञ्जली पढें ।
कर्मथलो काभ्रेका प्रेमिल शब्दपुष्पहरु अन्तर्गत निर्मला शाहीको लल्लुकुमार शाहीका प्याराः खगेन्द्र सर, सूर्यदेव पाण्डेको अग्रज खगेन्द्र सरको स्मरणमा, हरिकृष्ण श्रेष्ठको जीवनभर नविर्सने दुःखद घटना, दिपक पौडेलको एकाउन्न वर्षपछि दिवंगत शिक्षकको सम्झना, घननाथ तिवारीको मृत्युवको खबर बोकेको त्यो दिनको सम्झना, खगेन्द्रराज ढकालः एक प्रखर गवेषकको साथमा समकालिन तथा आफन्तका शब्दपुष्पहरु अन्तर्गत नन्दराज अधिकारीको खगेन्द्रराज ढकालको सम्झनामा, दीर्घराज प्रसाईंको देशभक्त युवाको अवशान, कुरमाी ढकालको मेरा कखरा गुरुः खगेन्द्र काका, हरेराम ढकालको सहपाठी खगेन्द्रका स्मृतिमा दुई शब्दपुष्पहरु, ध्यानबहादुर राईको सम्झनाका बहेलीमा खगेन्द्र गुरु, बासुदेव कालेको हामी नौ भाई थियौं, समिर नेपालको कर्मजिवी खगेन्द्राज ढकालप्रति शब्द कुसुम लगायतका दजनों सम्झनाका प्रेमिल शब्दपुष्पहरु पढ्न भ्याएँ ।
आदरणीय मित्र नवराज ढकालकै अग्रसरतामा प्रकाशित खगेन् सर’ किताबभित्र समेटिएका लेखकहरूमध्ये केही मण्डनदेउपुरका परिचित र केहि मैले नचिनेकापनि हुनुहुन्थ्यो । मैलेपनि सरको बारेमा एउटा लेख ५१ वर्ष पछि मास्टर डुबेको दहको सम्झना र परिवार तथा स्थानीय मिलेर गुरुप्रति श्रद्धासुमन अर्पण गर्दै गर्दाको त्यो क्षण’ लेखेको थिएँ । सो पुस्तकबाट मैले खगेन् सरकी श्रीमती अर्थात आमा विष्णुदेवी ढकाल, उहाँको सुपुत्र नवराज ढकाल लगायतबाट चाखका साथ पढ्न शुरु गरेँ ।
भोजपुर याकु अर्थात हाल अरुण गाउँपालिकाका मुक्तिनाथ ढकाल तथा श्रीमती लक्ष्मीदेवीका ठाइँला सुपुत्र खगेन्राज ढकालको २००४ साल असोज ४ गते शनिबारका दिन जन्म भइ जन्मथलोमै प्रारम्भिक शिक्षा अध्ययनपश्चात धरानबाट बी.ए. अनि काठमाडौंबाट अङ्ग्रेजी र राजनीतिशास्त्रमा स्नातकोत्तरका साथै कानुनमा बी.एल. गरी अध्ययनकालदेखि नै शिक्षण पेशामा संलग्न रहनुभएका स्व. ढकाल सर त्यतिबेलाको संयोग र साथीभाइहरूसँगको सम्पर्कले काभ्रेको डेडीथुम्का पुगेर सोही पेशा अँगाल्न पुग्नुभएको रहेछ । तर होनहार प्रतिभाशाली उहाँ २५ वर्ष पनि नपुग्दै दैवको काखमा पुग्नुभएछ ।
खगेन् सरको ज्ञान आर्जनप्रतिको लगाव, शैक्षिक क्षेत्रमा उहाँले छोटै अवधिमा पु¥याउनुभएको योगदानले भावी पिँढीलाई अवश्य नै मार्गदर्शकको भूमिका निर्वाह गर्नेछ । स्मृति ग्रन्थमा खगेन् सरका कान्छाभाइ, राजनीतिज्ञ तत्कालिन मन्त्री टंक ढकालले व्यक्त गर्नुभएको भावनाले मेरो पनि मन पग्लियो । राजनीतिमा संलग्न हुन प्रोत्साहित गर्ने खगेन् सर आफूचाहिँ राजनीतिभन्दा ज्ञान आर्जनतर्फ नै ज्यादा झुकाव राख्ने कुरा पूर्वमन्त्री समेत हुनुभएका टंक ढकालले पुस्तकमा लेख्नुभएको रहेछ । त्यो जमानामा पनि त्यति कम उमेरमै त्यत्रो शैक्षिक योग्यता हासिल गरेर पनि उहाँले न्याय वा निजामति क्षेत्रभित्र प्रवेश गरेर ठूलो मान्छे हुने चाहना राख्नुको सट्टा शैक्षिक क्षेत्रकै सेवा गर्ने लक्ष्य राखेर काभ्रेको महादेवस्थानमा अध्यापन गर्न पुग्नु भनेको साँच्ची नै आदर्शवान व्यक्तिका रूपमा सम्झन सकिन्छ ।
त्यसैलेस्मृति ग्रन्थमा खगेन् विष्णु फाउण्डेशनस्थित परिवारका सदस्यहरू, आफन्तजनहरू, उहाँका समकालिन साथीहरू, डेडीथुम्काका शिक्षक तथा संगत गरेका साथीभाइहरु लगायतका गन्नेमान्ने मानिसहरुले खगेन् सरका बारेमा आनो विचार, आफूले पाएको माया, ममता, उपदेश, निर्देशन, सुझाव आदि कुराको मन्तव्य राख्नुभएको छ । थुप्रैले उहाँको सम्झनामा लेख रचनाहरु छपाउनु भएको छ ।
आफ्ना श्रीमान र श्रीमान्को अकल्पनीय स्वर्गारोहणपछि छोरा नवराजलाई पढ्न प्रेरणा दिने र पढाउने विषणु महान् देखिनु भएको छ । सायद असल परिवारमा सरसंगत र हुर्काइ वढाई भएकोले पनि होला, आमा विणु र छोरा नवराज कूलको असल पात्रको रुपमा देखिन सफल हुनु भएको छ ।
त्यसको साथै आफ्ना बुबा परलोक हुनुभन्दा केवल पाँच महिनाअघि जन्मनुभएका एकमात्र सन्तान नवराज एक कुशल र असल नागरिकको रूपमा स्थापित भएको देखिन्छ । पुस्तकमा आनो जीवनको सबैभन्दा महँगो शब्द बाबा भएको कुरा बताइनुले धेरै कुराहरुको गम्भिरतापूर्वक समग्रमा गहन अध्ययन गर्न सकिन्छ ।
पुस्तकमा सानै उमेरमा भएपनि बाउ छोराले एकअर्कालाई देख्न र भेट्न नपाएकोप्रति उनको मर्मस्पर्शी ईश्वरीय गुनासो सुन्न सकिन्छ ।
यसरी हेर्दा स्मृतिका शब्दपुष्पमा खगेन् सर’ पुस्तकको कृति चर्चा त्यति सजिलो छैन । माथि उल्लेखित शब्दपुष्प, प्रमिल भावना र समकालिन तथा आफन्तको शब्दपुष्पमा मात्रमा खगेन्द्र सरको चर्चा सिमित छैन, योत एउटा पुस्तकमै सबै कुरा सम्भव नभएर हो । आगामी दिनहरुमा फाउण्डेशनले स्व. खगेन्द्र सरको छुटेका थुप्रै कुराहरु समेट्ने छ र हामीजस्ता कृति समिक्षकले थोरबहूत जानेको कुरा लेख्न पाउनेछौं भन्ने अपेक्षाका साथ ।