पोखरी नरायणस्थान–काभ्रेको तेमाल गाउँपालिकामा स्थानीय तहको निर्वाचन मत परिणाममा अहिलेसम्म नेकपा एमालेको तर्फबाट अध्यक्षका उम्मेद्वार इन्द्र तामाङ र उपाध्यक्षका उम्मेद्वार सम्तेन लामाको अग्रता कायम रहेको छ ।

१,२,३ र ४ नं. वडाहरुको मत गणना सकिदा सम्ममा अध्यक्षका उम्मेद्वार तामाङले २ हजार ५ सय ८८ मत पाएका छन् भने उपाध्यक्षका उम्मेद्वार लामाले २हजार ४८ मत पाएकी छन् ।

काँग्रेसको तर्फबाट माओवादी केन्द्र,नेकपा एकिकृत समाजवादी सहितको गठबन्धनमा अध्यक्षका उम्मेद्वार चन्द्र लामाले १ हजार ७९८ मत पाएका छन् । माओवादी केन्दका तर्फबाट काँग्रेस,नेकपा एकिकृत समाजवादी सहितको गठबन्धनमा उपाध्यक्षका उम्मेद्वार दलमान थोकरले १ हजार ७ सय ९४ मत प्राप्त गरेका छन् ।

पालिकाका एमाले उम्मेद्वारहरुले १ नं. वडाबाट नै निरन्तर अग्रता लिदै आएका हुन् । अध्यक्षका उम्मेद्वार इन्द्र तामाङको जन्मभुमि एवं राजनीतिको आधारभुमि सस्र्युंखर्कबाट कम्तीमा १ हजार ८ सय मत प्राप्त गर्ने आंकलन एमालेले गरेको थियो ।

साविक सस्र्यूंखर्क गाविस १ र २ नं. वडामा बाँडिएकोमा ति २ वडाबाट आँकलन गरिएको मात पाएमा पालिकामा सहजै जित हुने प्रक्षेपण थियो । वडा नं. १ बाट अध्यक्षका उम्मेद्वार तामाङले ७०९ मत पाए भने उपाध्यक्षका उम्मेद्वार लामाले ६०१ मत पाइन् । वडा नं. २ बाट अध्यक्ष उम्मेद्वारले ८३८ मत पाए भने उपाध्यक्षका उम्मेद्वारले ५३९ मत प्राप्त गरिन् । ३ नं. वडामा करीव ४ सयको आंकलन गरिएकोमा ३४९ मत पाए ।

अपराह्नसम्ममा तेमालको वडा नं. ४ को पनि मत गणना सम्पन्न भएको हो । ४ नं. वडामा एमालेको जित भएको छ । ३ मा काँग्रेस,२ नं वडामा माओवादी केन्द्र र १ नं. वडामा एमालेले विजयको झण्डा फहराएका छन् ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..