पञ्चकन्या गाउँपालिका वडा नम्बर ४ का लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वडाअध्यक्ष पदका उम्मेदवार उत्तम कुमार पण्डितको जीत लगभग सुनिश्चित भएको देखिन्छ। चुनावी प्रचारप्रसारमा देखिएको व्यापक जनसहभागितासंगै पण्डितको पक्षमा जनमत अत्याधिक रहेको स्थानियहरुको आंकलन रहेको छ।

वडाअध्यक्ष पदका उम्मेदवार पण्डितका अनुसार आफुले जितिसकेपछि आफुले प्राप्त गर्ने सेवा सुविधा नलिने साथै प्राप्त गर्ने रकम वडाको कोषमा जम्मागरि स्वास्थ्य, शिक्षा लगायत स्थानिय तहमा आईपर्ने आकस्मिक तथा आपतकालीन अवस्थामा खर्च गर्ने प्रतिवद्दता गरेका छन ।

त्यसैगरी स्थानिय कृषकको हकमा आधुनिक कृषिका लागि विशेष किसिमको अवधारणा ल्याउदै उन्नत बिउबिजन, पशुचौपाया लगायत कृषिउपजमा सहजता दिलाउँदै स्थानियस्तरमा रहेका समस्यालाई समाधान गर्न सम्बन्धित निकायसंग पहल गर्दै अघि बढ्ने प्रतिबद्दता जाहेर गरेका छन। – राज्य दैनिक बाट साभार

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly