काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका वडा नंं. ११ पाकुडोलमा शान्ति पार्क निर्माण हुने भएको छ । आज नै शान्ति पार्कको शिलान्यास गरिएको छ ।

पुर्व सुचना संञ्चार प्रविधि तथा सहरी बिकास मन्त्री प्रतिनिधि सभाका सांसद गोकुल प्रसाद बास्कोटाले पाकुडोलमा शान्ति पार्कको शिलान्यास गर्नुभएको छ ।

शिलान्यास कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख उदव केसी, बनेपा नगरपालिकाको नगर प्रमुख लक्ष्मी नरसिंह वादे श्रेष्ठ, उप–प्रमुख रेखा सापकोटा दाहाल, प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेती, नेकपा एमाले बनेपा नगर कमिटीका अध्यक्ष रत्नकुश रंन्जित ११, १०, ५, ३, ४, ७ नं. का वडा अध्यक्षहरु लगायत कार्यपालिका सदस्यहरु तथा जनप्रतिनिधि एवम् स्थानीय बासिन्दाहरुको सहभागितमा शान्ति पार्कको शिलान्यास गरिएको हो ।

यस योजनाको ठेक्का ज्ञानज्योती कौशील बस्नेत जे.भिले एक करोड पैसट्ठी लाख सत्र हजार आठ रुपैयामा लिएको छ । उक्त योजना २०७९ जेठ मसान्त सम्म सक्नु पर्नै छ ।

पुर्व मन्त्री गाेकुल बास्काेटाको पहलमा आएको बजेटले बनेपामा धमाधम पिच हुँदै, पिचको निरीक्षण गर्दै बादे https://www.kavrepress.com/4830.html

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly