पिस फाेर्स काभ्रे जिल्ला अध्यक्षमा सुशील सैजु निर्वाचित

नेपाल परिवार दलकाे भातृ संगठन पिस फाेर्स काभ्रे जिल्ला समिति गठन सम्पन्न भएकाे छ। दलका केन्द्रीय सदस्य तथा पिस फाेर्सका केन्द्रीय अध्यक्ष रविन्द्र चाैलागाईकाे प्रमुख आतिथ्यमा सम्पन्न भेलामा विशेष अतिथि केन्द्रीय सह-महामन्त्री एवम् बाग्मति प्रदेश संयाेजक दिपक सापकोटाले सहभागीहरूलाई अग्रपन्थि लाेकतन्त्र दर्शन प्रशिक्षण गर्नुभएकाे थियाे। पार्टीको दर्शनबाट अति प्रभावित भएर विभिन्न संगठन परित्याग गरि सुशील सैजुकाे अध्यक्षमा कमिटी गठन भएकाे छ। त्यसैगरी उपाध्यक्षमा विनिता तिमल्सिना , अाशिष दाहल, सचिवमा विनाेद अधिकारी लगायत अन्य सदश्यहरु कमिटीमा निर्वाचित हुनुभएकाे छ।

अध्यक्ष चाैलागाईले पुराना दलहरु बुढा रुखहरु जस्तै जिर्ण भएकाेले तीनहरुले फल दिन नसक्ने र पुराना चिजलाई म्युजियमा सजाएर राखिनुपर्छ भन्दै याे दल सकारात्मक साेच विचार र जाेस भएका युवा मैत्री पार्टी भएकाले देशभक्ति सम्पुर्ण यूवाहरुलाई संगठनमा अावद्द हुन अाह्वान गर्नुभयाे। पुराना नेताहरुले मिठा- मिठा कुरा गरेर जनताहरुलाई भ्रम सिर्जना गरि युगाै सम्म टाउकामा गिर खेलिरहन चाहेकाेले उनिहरुलाई सजिलै विश्वाश गरेर मतदान नगर्न समेत सुझाउनु भयाे।

बिज्ञापन

नव- निर्वाचित जिल्ला अध्यक्ष सैजुले अाफु पिस फाेर्सकाे काभ्रे जिल्लाकाे जिम्मेवारी पाउँदा कृतज्ञा व्यक्त गर्दै सबै पालिकामा कमिटी विस्तार गर्ने प्रतिबद्धता जनाउनु भयाे।