शब्दयात्रा प्रकाशनले काभ्रेपलान्चोक जिल्लाका सक्रिय दुईजना पत्रकारहरूलाई सम्मान गर्दै आएको आएको छ । सम्मानकै शिलशिलामा पत्रकारद्वय पराजुली र नेपाल सम्मानित हुनुभएको हो । उहाँहरूलाई ‘शब्दयात्रा हरिगोपाल प्रधान कदरपत्र २०७८’ बाट विभूषित गरिएको हो ।
उहाँहरूलाई फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित विशेष कार्यक्रममा कदरपत्र प्रदान गरिएको शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले जानकारी दिनुभयो ।
कदरपत्र प्रदान गर्ने क्रममा कार्यक्रमका सभापति शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष मञ्जुश्रीले रुद्राक्षको माला, कदरपत्रका व्यवस्थापक हरिगोपाल प्रधानले उपहार एवं कार्यक्रमका प्रमुख अतिथि शिक्षासेवी रामप्रसाद अधिकारीले कदरपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा पत्रकार राजकुमार पराजुलीका विषयमा रामकृष्ण तिमल्सिनाले र ज्ञानमणि नेपाल कालोटोपीका विषयमा प्रदीप केसीले जानकारी गराउनुभएको थियो ।
शिक्षासेवी माधवप्रसाद आचार्यले समुद्घाटन गर्नुभएको कार्यक्रमको सञ्चालन ‘शब्दसञ्चार’ साप्ताहिक रेडियो कार्यक्रमका प्रस्तोता शिव बन्जाराले गर्नुभएको थियो । कदरपत्र प्राप्त गर्ने दुवै पत्रकारले पनि मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा कदरपत्रको वाचन शब्दयात्रा प्रकाशनका सदस्य पुण्यवती घले र काभ्रेपलान्चोक सम्पर्क केन्द्रका संयोजक साधुराम गिरीले गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य केदार नाथ तिमल्सिनाले गर्नुभएको थियो ।
कार्यक्रमको समीक्षासहित समापन गायक मच्छेश्वर सापकोटाले गर्नुभएको थियो । मञ्चस्थ महानुभावहरूलाई देवीप्रसाद ढुङ्गानाले माला लगाइदिनुभएको र कार्यालय व्यवस्थापक सङ्गीता केसीले आवश्यक सामग्रीको व्यवस्थापन गर्नुभएको उक्त कार्यक्रमलाई शब्दयात्रा प्रकाशनका गतिविधिहरूको जानकारी गराउन संस्थापक हरि मञ्जुश्रीको फेसबुकबाट रोशन मञ्जुश्री अधिकारीले लाइभ प्रसारण समेत गर्नुभएको थियो । – काभ्रे पोस्ट बाट साभार