काभ्रेपलाञ्चोक, राष्ट्रिय प्रजनतन्त्र दिवसको अवसरमा नेपाल तरुणदल बनेपा नगर कार्यसमितिले एक दिने रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । आज बनेपाको नेपाल टेलिकम अगाडी खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

रक्तदान जीवन दान भन्ने मुल नाराका साथ सुरु भएको रक्तदान कार्यक्रममा ८३ जनाले रक्तदान गरेका थिए । नेपाल तरुणदल बनेपा नगर कार्यसमितिले रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।


नेपाली कांग्रेस बनेपा नगर सभापति महेश कुमार कर्माचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा नेपाली कांग्रेस तरुण बिभाग केन्द्रिय सदस्य सुधीर बैधको विशिष्ट आतिथ्यता र तरुणदल नगर सभापति बिजेन रन्जितको सभापतित्वमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाले प्राबिधिक सहयोग गरेको थियो ।

 

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly