काठमाडौं – प्रतिनिधि सभाको अर्को बैठक फागुन ६ गते बस्ने भएको छ। आजको बैठकमा सभामुख अग्नि सापकोटाले अर्को बैठक ६ गते दिउँसो १ बजे बस्ने बताएका हुन्। आजको बैठक सुरू हुनासाथ प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सांसदहरूले नाराबाजी सुरू गरेका थिए।सभामुख सापकोटाले उनीहरूलाई अवरोध नगरी बैठक चलाउन सहयोग गर्न अनुरोध गरेका थिए।एमाले सांसदहरूले नाराबाजी जारी राखे।

एमाले सांसदको नाराबाजीबीच सभामुख सापकोटाले कानुन मन्त्री दिलेन्द्रप्रसाद बडुलाई थारू आयोगको तेस्रो प्रतिवेदन पेस गर्न अनुमति दिए।कानुन मन्त्री बडुले उक्त प्रतिवेदन पेस गरे।त्यसपछि सभामुख सापकोटाले तीन वटा शोक प्रस्ताव संसदमा पेस गरेका छन्। शोक प्रस्ताव पढ्दा एमाले सांसदले नाराबाजी रोकेका थिए।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly