जोति प्रकाशको शब्द संगितमा ‘छोडि गयौ’ 

|| बुधबार, माघ १९, २०७८
जोति प्रकाशको शब्द संगितमा ‘छोडि गयौ’ 
अग्रज गायक तथा संगीतकार कन्हैया सिंह परियारले आफ्नो स्वरमा नयाँ आधुनिक गीत ‘छोडी गयौ मलाई किन…’ को भिडियो शुक्रबार सार्वजनिक गरेका छन् । अमेरिकामा रहेर पनि नियमित रुपमा गीत संगीत सृजना गर्दै आएका कन्हैयाले हालै नेपाल आएको बेला यो गीत रेकर्ड गरेका थिए ।

यो गीतको शब्द रचना तथा संगीत ज्योति प्रकाशले गरेका छन् । उनको शब्द जस्तै संगीत पनि कर्णप्रिय बनेको छ । गीतको भिडियोलाई कन्हैयासिंहकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।यो गीतको भिडियो छायाँकन भने अमेरिकाको न्योयर्कका विभिन्न स्थालनमा गरिएको छ । अमेरिकाबाटै गीतको भिडियो तयार गरेर दर्शकमाझ ल्याईएको हो । भिडियो निकै आकर्षक बनेको छ ।

पछिल्लो समय निकै नै ब्यस्त संगीतकार जोतिप्रकाशको संगीतमा मेलिना सोताङ, उदय सोताङ मिलन अमात्य, रामकृष्ण ढकाल लगायत देशका ख्याती प्राप्त गायक गाईकाले स्वर दिई सकेका छन् ।

बिज्ञापन

यो गीतको भिडियोमा माया–प्रेम, मिलन–विछोडलाई निकै मार्मिक ढंगबाट प्रस्तुत गरिएको छ । म्युजिक भिडियोमा कलाकार तथा मोडल अपेक्षा सिंह, रुडी शर्मा र रमेश आचार्यको सशक्त अभिनय छ । यस अघि थुप्रै म्युजिक भिडियो खेलिसकेकी अपेक्षा गायक कन्हैयाकी छोरी हुन् । ओम कर्माचार्यले गीतको भिडियोको निर्देशन, छायांकन तथा सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस !

छुटाउनु भयो र ! ?

up