सभामुख अग्निप्रसाद सापकोटालाई अनेरास्ववियु काभ्रेको कालो झण्डा

काभ्रेपलान्चोक – अनेरास्ववियु काभ्रेले सभामुख अग्निप्रसाद सापकोटालाई कालो झण्डा देखाएको छ ।

आज मंगलवार सिन्धुपाल्चोक जाने क्रममा काभ्रेको बनेपामा उनलाई अनेरास्ववियु काभ्रेले कालो झण्डा देखाएको हो । 

बिज्ञापन

एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै एमालेले सभामुखको राजीनामा माग्दै आएका बेला नेकपा एमालेको भ्रातृ संगठनले कालो झण्डा देखाएको हो ।