काभ्रेपलान्चोक – हरेक १२ / १२ बर्षमा लाग्ने पनौतीको मकर मेलाको अवसरमा लोक गायक सर्जक किरण गौतम तथा गायिका सृजना श्रेष्ठको लोक दोहोरी गित १२ बर्षे पनौती मेला आजबाट सांगितिक बजारमा आएको । बचाउ हाम्रो धर्म र सस्कृती, जागौ युवासारा, विश्व सम्पदाको सुचिमा पनौतीको मुख्य बोलमा गित सार्वजनिक भएको हो ।

हाम्रो कर्तव्य हाम्रै अभिभारा,भन्ने मुल नारा सहित काभ्रे जिल्लाको गौरव ऐतिहासिक १२ बर्षे पनौती मकर मेलालाइ स्मरण गर्दै परदेशमा रहेका युवाहरुले सम्झना स्वरुप पनौतीको लागि लोक दोहोरी गित १२ बर्षे पनौती मेला गित सार्वजनिक भएको हो ।

नेपाली लोक दोहोरीलाइ नजिक बाट नियाल्ने र बेला बखत यस क्षेत्रमै उदाउदै गरेका कलाकार अनि अग्रज कलाकरहरुको अन्तर्वार्ता र जिवनी लगायत समचारमा कलम चलाउने काभ्रेली सन्चारकर्मी एवम् पनौती नगरपालिका स्थानीय युवा गणेश आचार्यको (हाल साउदी) को परिकल्पना तयार भएको यस लोक भाकामा मकर मेला के हो? परापुर्वक कालमा के कस्ता किम्बदन्ती थिए? यो १२ बर्षे मकर मेलामा दर्शन पुजा आराधना र स्नान जप गर्दा के कस्तो फल मिल्छ लगायत आध्यात्मिक कथनलाइ उजागर गर्ने प्रयास गरेको बुझिन्छ । विशेषगरि नयाँ पुस्ताहरुलाइ लोक दोहोरिको माध्यमबाट मनोरञ्जनका साथै हाम्रो मौलिक धर्म पररम्परा र सस्कृतिको सन्देश पु¥याउने उदेश्यले यो गित बनेको आचार्य बताउछन् ।

काभ्रेकै बेथानचोकमा जन्मिएका सर्जक गायक किरण गौतमले मीठो लय,उत्कृष्ट शब्दशिल्प अनि सुमधुर आवाजमा दुवइ बाट रेकर्ड गरेका हुन । यी दुई युवाको लगावसँगै बेथान्चोक गाउँ पालिकाकै उदाउँदै गरेकी गायिका सिर्जना श्रेष्ठले स्वरमा साथ दिएकी हुन । नारायण दंगालको संगीत संयोजनमा गायिका सृजना श्रेष्ठको मीठो आवजमा मालाश्री रेकार्डिङ स्टुडियोमा यो गितको अडियो तयार भएको हो ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly