काभ्रे – जिल्लाको भुम्लु गाउँपालिकाले किसानलाई सहजताका लागि कृषि सामाग्री वितरण गरेको छ । कृषिमा आधुनिकिकरणका लागि गाउँपालिकाको वडा नं १, ७ र ८ का किसानलाई मिनि टिलर ट्याक्टर वितरण गरिएको छ ।

भुम्लु गाउँपालिकाको कृषि शाखाको वार्षिक स्विकृत कार्यक्रम अनुसार किसानलाई शुक्रबार ट्याक्टर वितरण गरिएको गाउँपालिकको कृषि शाखाले जनाएको छ ।गाउँपालिकाका अध्यक्ष गुमान ध्वज कुवँरले कृषकलाई मिनि टिलर ट्याक्टर वितरण गरेका हुन् । उनका अनुसार कृषिमा आधुनिकिकरणका लागि कृषकलाई ट्याक्टर वितरण गरिएको हो । यसले कृषकलाई थप सहज हुनेछ ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..