काभ्रेपलान्चोक – धुलिखेलमा मंसिर २६ गतेदेखि मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । आकाश भैरब क्लबले धुलिखेलमा मेयर कप फुटबल प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।

क्लबले आज धुलिखेलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको बारेमा जानकारी गराएको हो । प्रतियोगितामा पहिलो हुने टिमले २ लाख र दोस्रो हुने टिमले १ लाख रूपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतियोगितामा हालसम्म २० टिम पुगिसकेको क्लबले जानकारी दिएको छ । क्लबले २०७४ सालदेखि मेयर क्ल कप फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ । 

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..