काभ्रेपलान्चोक – अस्ट्रेलियामा नेपाली विद्यार्थीको सङ्ख्या बढेसँगै उनीहरूको मानसिक स्वास्थ्य पनि समुदायमा चासोको विषय बनिरहेको छ । पढाइको तनाव, कामको बोझ र एक्लोपन जस्ता कारण पनि विद्यार्थीहरूमा मानसिक तनाव हुन सक्ने भएकाले यसका बारेमा खुलेर कुरा गर्नु पर्ने समुदायका सदस्यहरू बताउँछन्।

 

अस्ट्रेलिया जस्ता देशमा आईपर्ने र हुने समस्यका बारेमा बुझेर मात्र आफना छोराछोरीलाई पठाउन त्यहाँ कार्यरत संस्थाहरुले बारम्बार आग्रह गर्ने गरेका छन ।

अस्ट्रेलियामा धेरै विद्यार्थीहरु उच्च मानसिक तनावमा परेको देखिन्छ ।अस्ट्रेलियामा रहेका विद्यार्थीहरु आधाले समयमा निद्रा नपर्ने, काम गर्न मन नलाग्ने, बेकारमा आएको जस्तो लाग्ने, अब कसरी फर्कौं र घरमा के भन्ने जस्ता कुराले तनाव हुने गरेको रोहित दगाल लाई बताएका छन् । सजिलै उच्च शिक्षा र गतिलो आर्थिक कमाइ हुने आसमा आउनेहरू त्यस्तो नपाउँदा निराश हुने गरेको रोहित दगालले काभ्रे प्रेस लाई जानकारी दिए । मानसिक तनावमा परेका विद्यार्थीलाई परामर्शको अभाव हुने उनले बताएका छन् ।

रोहित दगाल यस्तो भन्नू हुन्छ ‘भिसा लागेपछि कन्सल्टेन्सीले पनि तालिमको व्यवस्था गर्नुपर्छ’ । जसका कारण नेपाली बिद्यार्थीलाई अस्ट्रेलियाको बारेमा सबै जानकारी दिएर मात्रै पनि पठाउन सकियो भने यस्ता विद्यार्थी संख्यामा कमि आउने उनी बताउँछन् ।

अर्को एस बि एस नेपालीले मानसिक स्वास्थ्यको बुझाईका बारेमा केही नेपाली विद्यार्थी र समुदायका सदस्यहरूसँग गरेको कुराकानी सुन्नुहोस्।

 

 

https://www.sbs.com.au/language/nepali/ne/podcast-episode/you-have-to-motivate-yourself-understanding-of-mental-health-among-nepali-students-in-australia/3b7ka5g92?cid=alc%3Asoc%3Afb%3Aen%3Aalcboosting23%3Anep-art-aud-boost&fbclid=IwAR3HvSRnZhQN1-hY6cipryPgUNkqFmnXJov6XaEgITp7TMnXhsbP_HdCZlA

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..