काभ्रेपलान्चोक – नेपाली उपभोक्ता संरक्षण महासंघ (FNCP) बागमति प्रदेशको अध्यक्ष सुमन भुजेल चुनिएका छन। भुजेलको अध्यक्षतामा १२ सदस्सिय तदर्थ समिति गठन गरिएको छ। नेपाली उपभोक्ता संरक्षण महासंघका केन्द्रीय अध्यक्ष चन्द्र साउदको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
गठित प्रदेश समितिमा बरिष्ठ सल्लाहाकार पुर्ब डिआईजि कमल घर्ति एबं अन्य कार्यसमितिमाउपाध्यक्ष रोसन चौलागाईं, महासचिव कृष्ण श्रेष्ठ, सचीव हरि शरण बाटा, कोषाध्यक्ष प्रेम कुमारी कार्की साथै सदस्यहरुमा सिब श्रेष्ठ, अष्ट बहादुर श्रेष्ठ, नवीन भण्डारी, सरोज खोटेजा, सुजना खत्री, सपना पौडेल धिताल चयन भएका छन ।

नेपाली उपभोक्ता संरक्षण महासंघ हरक्षेत्रमा हुने कालोबजारी, घुसखोरी, अखाद्य वस्तुको विक्रि वितरण,म्याद नाघेका सडेका सामानको नियन्त्रणका लागि सधैं कठिवद्द भएर लाग्ने अध्यक्ष सुमन भुजेलले जानकारि दिए । चाडैनै बागमति प्रदेशका १३ वटै जिल्लामा महासंघको जिल्ला शाखा निर्माण गर्ने पनि भुजेलले बताए । महासंघले यो अभियानलाई देशका सम्पूर्ण प्रदेश, पालिका र वडाहरुमा निरन्तर विस्तार गर्ने केन्द्रिय अध्यक्ष चन्द्र साउदले बताए । साउदले देशमा हर क्षेत्रमा बिकृति र बिसंगति छ, सबैतिर कालो बजारि आम मानिसले स्वस्थ खाना देखि स्वास्थ्य सुबिधा सम्म नपाएकोले सरकारलाइ संस्थाले सधै झकझकाउने बताएका छन ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly