काभ्रेपलान्चोक – पछिल्लो समय टिकटकमा भाइरल भएको गैरि पिपल गीतको भाग एक बाट भाग तिन सम्म सार्वजनिक भएको छ । आफ्नै आवाजमा गीत भाइरल भए पछि गायक दिनेश श्रेष्ठलाई धेरै दर्शकले भाग ३ पनि बजारमा सार्वजनिक गर्न पर्यो भने माग आए सँगै दर्शकको माग अनुसार बजारमा सार्वजनिक गरेका छन् । धेरैको मन मुटुमा बसेका चर्चित गायक दिनेश श्रेष्ठको नयाँ गित गैरी पिपल भाग ३ लाई फरक ढङ्गबाट”सुन न मोया” बोलमा सार्वजनिक गरेका हुन्।

सुमधुर स्वरको धनि चर्चित गायिका प्रतिमा आर्याल र उनै गायक दिनेश श्रेष्ठको स्वरमा रहेको उक्त गीतमा रुस्मा सापकोटाको शब्द र दिनेश श्रेष्ठको संगीत तथा कृष्ण लामिछानेको एरेन्ज रहेको गित मंगलम स्टुडियोमा तेजेन्द्र दुराले रेकर्ड गरेका छ्न । पछिल्लो समय निकै व्यस्त रहेका श्रेष्ठले गाएका “गैरी पिपल” सुन सरकार” रानी हजुर” ` लालुपाते फुल´गितले दर्शकको मन जित्न सफल भएको छ।

गीतमा दिनेश मुस्कान र यम बहादुर बिक को छायाँकन रहेको छ भने भिडियोलाई दिनेश मुस्कानले सम्पादन गरेका छ्न।भिडियो लाई दिनेश श्रेष्ठले निर्देशन गरेका छ्न। म्युजिक भिडियोलाई गायक दिनेश श्रेष्ठ को आफ्नै अफिसियल युटुब च्यानल बाट सार्वजनिक गरेका छन्।

उक्त भिडियोमा टिकटक बाट आफ्नै आवाजमा मा विभिन्न डाइलग बाट भाइरल भएकि र विभिन्न सिरियलहरु मा पनि आफ्नो अभिनय देखाएकि ममता थापाको अभिनय रहेको छ । त्यस्तै लोकप्रिय गायक दिनेश श्रेष्ठ , अन्जु सुनार, कुसुम घतानि,जमुना बि क ,रबि के शि,राजिब चालिसे,रबि ढकाल,पारु राउत,रुस्मा सापकोटा,रोहिनी ढकाल लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly