
काभ्रेपलान्चोक – काभ्रे ट्राफिक प्रहरीले तोकिएको गतिभन्दा बढी गतिमा सवारी चलाउने सवारी चालकलाई कारवाही गरेको छ ।


जिल्ला ट्राफिक प्रहरीले तीव्र गतिका कारण काभ्रेमा दुर्घटना बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न गति तोकेर कारवाही गरेको हो । जिल्ला ट्राफिक प्रहरीले यहीँ असोज १० देखि यस्ताे नियम लागू गरेर कारवाही गर्दै आएको छ ।


काभ्रे जिल्ला ट्राफिक प्रहरी प्रमुख, प्रमिला श्रेष्ठले तीव्र गतिका कारण दुर्घटना बढेको भन्दै दुर्घटना नियन्त्रणका लागि समय तोकिएको जानकारी दिनुभयो ।

उहाँले भन्नू भयो `तीव्र गतिका कारण हुन सक्ने सवारी दुर्घटनालाई न्यूनिकरण गर्ने उद्धेश्यले जिल्लाका दुर्घटना जोखिमयुक्त स्थानहरुमा अत्याधुनिक लाईडर गन (Lidar Gun) मार्फत सांगा, धुलिखेल, पाँचखलमा ट्राफिक चेकजाँच गरी तीब्र गतीमा सवारी चलाउने १७ जना विभिन्न सवारी साधनका चालकहरुलाई कारवाही एंव सचेतना अभियान शुरु गरेको बताउनु भयो´।
तीव्र गतिका कारणले गम्भीर प्रकृति दुर्घटना भएका छन । त्यसैले सडकमा खेलाँची नगरौ, संयमित र अनुशासन भएर सवारी चलाऔ, दुर्घट्नावाट वचौं, वचाऔं भन्ने उदेश्यका साथ काभ्रे जिल्ला ट्राफिक प्रहरीले चेकजाँच कडा पारेको छ।

                
          
          
          
          
          
          
          
          
          
          
          
          
          
          
          
          
          