किड्डी फेस अफ द इयर इन्टरनेशनल–२०२६ : आयांश, आज्ञाश्रीसहित ६ बालप्रतिभा शीर्ष उपाधि विजेता

 

काठमाडौं – किड्डी फेस अफ द इयर इन्टरनेशनल–२०२६ प्रतियोगितामा टडलर्स, सिनियर र जुनियर गरी तीन क्याटगोरीमा ६ विजेता छानिएका छन् ।

बिज्ञापन

टडलर्स ब्वाई तर्फ आयांश श्रेष्ठ, टडलर्स गर्ल तर्फ आज्ञाश्री धमला, जुनियर ब्वाई तर्फ हृदयन्द्र प्रजापती, जुनियर गर्ल तर्फ सान्वी के.सी, सिनियर ब्वाइ तर्फ सद्भाब बस्नेत र सिनियर गर्ल तर्फ कृश्निका दुवाल शिर्ष उपाधि विजेता घोषित भए ।

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीद्वारा आयोजित यस प्रतियोगिताले बालबालिकाका अद्वितीय क्षमता उजागर गर्दै उनीहरूको आत्मविश्वास र नेतृत्व क्षमतामा वृद्धि गरेको छ ।

काठमाडौं । नेपाली बाल प्रतिभालाई विश्वसामु चिनाउने र उनीहरूको सर्वाङ्गीण व्यक्तित्व विकासमा टेवा पुर्‍याउने उद्देश्यकासाथ आयोजित ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल–२०२६’मा एकसाथ ६ विजेता छानिएका छन् ।

प्रतियोगीतामा टडलर्स, सिनियर र जुनियर गरेर तीन क्याटवरिजमा ब्वाईज र गर्लस गरि ६ विजेता छानिएका हुन् । शनिबार राष्ट्रिय नाच घरमा अबेर साँझ सम्पन्न प्रतियोगीता अन्तर्गत ‘टडलर्स ब्वाई’ तर्फ आयांश श्रेष्ठ, ‘टडलर्स गर्ल’ तर्फ आज्ञाश्री धमला विजेता घोषित हुँदा ‘जुनियर ब्वाई’तर्फ हृदयन्द्र प्रजापती र ‘जुनियर गर्ल’तर्फ सान्वी के.सीले उपाधि जिते । त्यस्तै ‘सिनियर ब्वाइ’तर्फ सद्भाब बस्नेत र ‘सिनियर गर्ल’ कृश्निका दुवाल शिर्ष उपाधि विजेता घोषित भए ।
दशौँ संस्करणको रुपमा आयोजना भएको प्रतियोगीतामा ‘टडलर्स ब्वाइ’ क्याटवरी तर्फ शौर्यम आचार्य फष्ट रनरअप, आरिभ जंग खड्का सेकेन्ड रनरअप बन्दा ‘टडलर्स गर्ल’ तर्फ नयनिका लामा फष्ट रनर अफ र आरुषी दाहाल सेकेन्ड रनर अप भए । ‘जुनियर ब्वाइ’तर्फ शौनित अधिकारी फष्ट रनर अफ, प्रियांश सापकोटा सेकेन्ड रनरअप चुनिदा ‘जुनियर गर्ल’ तर्फ पेमा लामा फष्ट रनर अप र एप्रिल अर्याल सेकेन्ड रनरअफ भए ।
त्यस्तै ‘सिनियर ब्वाइ’ तर्फ प्रतिक कठायत फष्ट रनर अप, शिशिर राई सेकेन्ड रनर अप र ‘सिनियर गर्ल’ तर्फ इशा काफ्ले फष्ट रनर अप र अमेई बैनत्वा सेकेन्ड रनरअप बन्न सफल रहेँ ।
रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीद्वारा आयोजित, युरो स्कुल भक्तपुरको प्रस्तुति र काठमाडौं वल्र्ड स्कुलको सहकार्य रहेको यस प्रतियोगिताले बालबालिकाका अद्वितीय क्षमता उजागर गर्दै उनीहरूको आत्मविश्वास र नेतृत्व क्षमतामा वृद्धि गरेको छ । विजेता तथा रनरअपहरूलाई विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूद्वारा पुरस्कृत गरिएको थियो । यस वर्षको प्रतियोगितालाई निष्पक्ष र विश्वसनीय बनाउन नेपालका प्रतिष्ठित व्यक्तित्वहरू निर्णायक रहेका थिए ।
निर्णायक मण्डलमा सम्झना गिरी (संस्थापक / प्रिन्सिपल –यूरो स्कुल भक्तपुर), बर्षना थापा (हेड अफ स्कुल –युनिग्लोब स्कुल, कमलादी), अनामिका कार्की (सञ्चालक समिति सदस्य / भर्ना प्रमुख –काठमाडौँ यूरो आईबी वल्र्ड स्कुल), लव कार्की (वरिष्ठ सञ्चारकर्मी) शिरीष आर. तुलाधर (नायव प्रबन्धक / डेपुटी म्यानेजर –सिजी होल्डिङ्स), मणि के. राई (अभिनेता), रती शाह (प्रमुख कार्यकारी अधिकृत / सिईओ –म्यानिफेस्ट ग्लोबल एजुकेशन कन्सल्टेन्सी) रहेका थिए । निर्णायकहरुको मूल्यांकन र विशेषज्ञताले प्रतियोगिताको गरिमालाई थप उचाइमा पुर्‍याएको थियो ।
रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका प्रबन्ध निर्देशक, अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले प्रतियोगिताको मूल उद्देश्य बालबालिकाको प्रतिभा निखार्दै उनीहरूलाई भविष्य निर्माणमा सक्षम बनाउनु रहेको बताए । फैजुका अनुसार यस प्रतियोगिताले बालबालिकामा आत्मविश्वास बढाउन र नेतृत्व क्षमता विकास गर्न महत्वपूर्ण भूमिका खेल्नेछ । उनीहरू विदेशमा समेत कलाका माध्यमबाट चम्कनेछन् ।
प्रतियोगिताको कोरियोग्राफी पनि फैजुले नै गरेका थिए भने प्रतियोगीताका आकर्षक ड्रेस डिजाइन श्रीषा बैदारले गरेकी थिइन् ।