
धुलिखेल – रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि उद्धार तथा स्वास्थ्य उपचारमा सहयोग पुर्याउन धुलिखेल अस्पतालले स्वास्थ्यकर्मीको टोली नुवाकोटतर्फ परिचालन गरेको छ।

डा. शैलेशको नेतृत्वमा श्रीजेश पराजुली, रामप्रसाद ढकाल, श्रवण गौतम र चालक राम वाग्ले सम्मिलित टोली आधारभूत आपत्कालीन सामग्रीसहित विदुर पुगेको हो। टोलीले स्थानीय स्वास्थ्य संयन्त्रसँग समन्वय गरी घटनास्थलमा स्वास्थ्य सेवा तथा आपत्कालीन व्यवस्थापनमा सहयोग गर्नेछ ।
बिज्ञापन

घटनास्थलको अवस्था र स्वास्थ्यसम्बन्धी आवश्यकताका आधारमा थप स्वास्थ्यकर्मी तथा सामग्री पठाउने तयारी अस्पतालले गरेको जनाएको छ। काठमाडौँमा आवश्यक स्वास्थ्य तथा अन्य सहयोगका लागि फरेन्सिक मेडिसिन टोलीलाई समेत तयारी अवस्थामा राखिएको अस्पतालले जनाएको छ।



