युवा परिवर्तन समाज बासडोललाई रेडक्रसद्वारा डस्टबिन, मास्क र पञ्जा हस्तान्तरण

महेन्द्रज्योति, काभ्रे
नेपाल रेडक्रस सोसाइटी महेन्द्रज्योति उपशाखा द्वारा आज स्थानीय क्षेत्रमा सरसफाइ अभियान कार्यक्रम संचालन गरिरहेको युबा परिवर्तन समाज बासडोल लाई सामगृ हस्तान्तरण गरेको छ। सरसफाइ अभियानलाई थप प्रभावकारी र व्यवस्थित बनाउन उपशाखाले ठाउँमा ठाउँमा फोहर संकलन गर्नको लागि ड्स्टबिन पांच थान माक्स पांचसय पिस पन्जा सय पिस उपलब्ध गराएको छ।

कार्यक्रमका क्रममा नेपाल रेडक्रस सोसाइटी महेन्द्रज्योति उपशाखाका सभापति मुकुन्द शर्माले उपशाखाको तर्फबाट डस्टबिन, पञ्जा, मास्कलगायतका सरसफाइ सामग्री हरु युबा परिवर्तन समाज बासडोलका युबा हरुलाई हस्तान्तरण गर्नुभयो। उक्त सामग्री सरसफाइ अभियानमा सहभागी युवा तथा स्थानीयवासीलाई प्रयोगका लागि उपलब्ध गराइएको हो।

बिज्ञापन

सरसफाइ कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी महेन्द्रज्योति उपशाखाका कार्यसमिति पदाधिकारी तथा सदस्यहरू, युवा परिवर्तन समाज बासडोलका युबा हरु तथा स्थानीय बासिन्दाहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले सरसफाइ गर्दै सार्वजनिक स्थानलाई स्वच्छ, सफा र व्यवस्थित राख्न सबैको सामूहिक जिम्मेवारी रहेको सन्देश दिएका थिए।

कार्यक्रममा बोल्दै सभापति शर्माले स्वच्छ वातावरण निर्माणका लागि केवल अभियान सञ्चालन गरेर मात्र नभई दैनिक जीवनमा फोहोर व्यवस्थापन र सरसफाइको संस्कार विकास गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले स्थानीय समुदाय, युवा र सामाजिक संस्थाहरूबीचको सहकार्यले सरसफाइ अभियानलाई अझ प्रभावकारी बनाउन सकिने बताउनुभयो।सामगृ उपशाखाको आफ्नै कोश बाट उपलब्ध गराईको बताईएको छ भने माक्स नेपाल रेडक्रस सोसाईटि काभ्रे शाखा बाट प्राप्त भएको थियो भने पन्जा सभापति मुकुन्द शर्मा ले उपलब्ध गराउनुभएको जानकारि कार्यक्रम संचालक वकिल नाथ शर्मा वाग्ले ले जानकारी दिनुभएको कार्यक्रममा सामगृ उपलब्ध गराएकोमा नेपाल रेडक्रस सोसाईटि महेन्द्रज्योति उपशाखा लाई युबा परिवर्तन समाज बासडोलका सदस्य सुबिन कुंवरले धन्यवाद सहित आफ्नो मन्तब्य राख्नुभएको थियो।