
बनेपा काभ्रे। नेपाल परिवार नियोजन संघ काभ्रे शाखाको ४४औँ शाखा सभाले आगामी तीन वर्षे कार्यकालका लागि ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ।
निर्वाचन कार्यतालिकाअनुसार शाखा कार्यसमितिका पदाधिकारी तथा सदस्य पदका लागि असार २६ गते दिउँसो २ बजेसम्म मनोनयन दर्ता गरिएको थियो। दर्ता भएका सबै उम्मेदवारी सर्वसम्मत भएपछि निर्वाचनको आवश्यकता नपरी सम्पूर्ण कार्यसमिति निर्विरोध चयन भएको हो।
नवनिर्वाचित कार्यसमितिको सभापतिमा पुनम जोशी निर्विरोध चयन भएकी छन्। यससँगै नेपाल परिवार नियोजन संघ काभ्रे शाखाको इतिहासमा पहिलो पटक महिला सभापति निर्वाचित भएको उल्लेखनीय उपलब्धि हासिल भएको छ।
त्यसैगरी, कोषाध्यक्षमा विकास बैद्य, महिला सदस्यमा अंगना बैद्य श्रेष्ठ र रजनी बैद्य, विज्ञ सदस्यमा अनु श्रेष्ठ, रुपा कर्माचार्य प्रधान, ओमकाजी प्रजापती र निराकार श्रेष्ठ, तथा युवा सदस्यमा न्हुज प्रजापती, रिजा शिल्पकार र रितु श्रेष्ठ निर्विरोध चयन भएका छन्।







