बनेपा – काभ्रेको बनेपामा “काभ्रे फेस्ट -सिजन २”आयोजना हुने भएको छ । “काभ्रे फेस्ट -सिजन २” को अडिसन यहि आउदो श्रावन २३ गते शनिबारको दिन बनेपा पार्टी भेन्यु & रेस्टुरेन्टमा Covid -19 स्वास्थ्य सम्बन्धि सम्पूर्ण मापदण्डको पालना गरि आयोजना हुने भएको छ ।

मोडलिङ क्षेत्रमा अघि बढ्ने चाहनालाई सही दिशा र भबिस्य खोज्नेहरुका लागि “काभ्रे फेस्ट -सिजन २” मा एउटा सुनौलो अवसर रहनेछ ।पारिवारिक परिस्थितिलाई मध्यनजर राखी न्युनतम खर्चमा अधिकतम सिकाई र अवसरका साथमा मोडलिङ प्रतियोगिता गरिरहे कार्यक्रमका काभ्रे संयोजक सुशील सैजुले काभ्रे प्रेस लाई जानकारी दिए । उनले भने काभ्रे फेस्ट -सिजन २, युवा -युवतीमा लक्षित रही गरिने मोडल पर्सनालिटी को प्रतिस्पर्धा हो ।

हामीले समग्र मुल्यांकन सहभागिको मोडल व्यक्तित्व तथा मोडलिङ मा अभिरुचि ,फोटोसुट र स्टेज प्रस्तुतिकरणमा हुनेछ । यस कार्यक्रममा सहभागि हुन फारम सुल्क रु.१००० राखिएको छ। कुनैपनि प्रतियोगितामा सहभागिले न त परिचयात्मक चरणमा बोल्नुपर्छ न प्रश्न /उत्तर चरणकै सामना गर्नुपर्ने हुन्छ ।

उक्त प्रतियोगिताको निर्णायक रुपमा समाजसेबी एबम चर्चित गायक हरि कर्माचार्य , प्रसिद्ध सौन्दर्य कलाकर्मी रुसका बैद्य र क्यस्तोलो कस्मिरि पश्मिना का संचालक ,युवा ब्यबसायी प्रकाश बोलखे रही वर्तमानको स्थितिमा सुधार भए पश्चात उक्त प्रतियोगिताको अन्तिम चरण बनेपामा गरिने भनि आयोजक तथा कार्यक्रमको निर्देशक नितिन कायस्तले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly