“तथ्यहीन अभिव्यक्ति प्रमाणित गर्न एमाले तेमालको चुनौती”

 

काभ्रे–१ का सांसद मधुकुमार चौलागाईं को सार्वजनिक अभिव्यक्तिप्रति नेकपा एमाले तेमाल गाउँपालिका कमिटी ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बिज्ञापन

कमिटीले सांसद चौलागाईंले तथ्यहीन र आधारविहीन अभिव्यक्ति दिएको आरोप लगाउँदै त्यसलाई प्रमाणित गर्न चुनौती दिएको छ।

साथै, प्रमाणित गर्न नसके ठूलो मूल्य चुकाउनुपर्ने चेतावनीसमेत दिएको छ। एमाले तेमालले सार्वजनिक पदमा रहेका व्यक्तिले जिम्मेवार र तथ्यमा आधारित अभिव्यक्ति दिनुपर्ने उल्लेख गरेको छ।