२६ औं विश्व दुध दिवसको अवसरमा ‘विद्यालयस्तरीय कविता प्रतियोगिता’ सम्पन्न

 

निराज रानाभाट, काठमाडौं । नेपाल डेरी एसोसिएशनको आयोजनामा, राष्ट्रिय दुग्ध विकास बोर्ड, प्रदेश दुग्ध विकास बोर्ड वाग्मती प्रदेश तथा अन्य सरोकारवालाहरुको सहकार्यमा विश्व दुग्ध दिवसको पूर्वसन्ध्यमा ‘दुग्ध क्षेत्रको दिगो विकास: पोषण सुरक्षा र आर्थिक समृद्धिको आधार’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय नारा ‘महिला कृषकहरुको सम्मान’ मूल नाराका साथ दुध तथा दुग्धजन्य पदार्थको उपयोगिता सम्बन्धि सचेतनामुलक ‘विद्यालयस्तरीय कविता प्रतियोगिता’ काठमाडौंको नक्सलस्थित काठमाडौं इङ्गलिस स्कूलमा सम्पन्न भएको छ ।

बिज्ञापन

नेपाल डेरी एसोसिएशनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालको अध्यक्षयता र प्रदेश दुग्ध विकास बोर्डका कार्यकारी उपाध्यक्ष हरि प्रसाद पौडेलको प्रमुख अतिथ्यतामा सम्पन्न भएको छ, भने कार्यक्रममा राष्ट्रिय दुग्ध विकास बोर्डका सदस्य राजन दाहाल, रामभक्त दाहाल, केन्द्रिय दुध उत्पादक संघका कृष्ण प्रसाद सापकोटा, केन्द्रिय उपाध्यक्ष दिप प्रसाद धमला, मनोज यादव, नेपाल डेरी एसोसिएशन वाग्मती प्रदेशका अध्यक्ष टिकाराम घिमिरे, नेपाल डेरी एसोसिएशनका केन्द्रिय सह – सचिव रमेश सञ्जेल, केन्द्रिय सदस्य अजित बजगाई, नवराज तिमल्सिना, एसोसिएशन वाग्मतीका उपाध्यक्ष ध्रुव तिवारी, नेपाल कृषि तथा पशुपछीं व्यवसायी संघका सदस्य कुल प्रसाद धमला, काठमाडौं विद्यालयका अध्यक्ष ईश्वर पुडासैनी, काठमाडौं इङ्गलिस स्कूलका प्रधानाध्यपक दिनेश खतिवडा, रोटरी क्लब अफ कपनका अध्यक्ष मन्जु श्रेष्ठ, विद्यालयका शिक्षकशिक्षिकाहरु, एसोसिएशनका पूर्व केन्द्रीय पदाधिकारीहरु एवं सदस्य प्रतिनिधिहरुलगायत सरोकारवाला संघ / संस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थित रहको थियो ।

उद्घाटन समारोहमा काठमाडौं इङ्गलिस स्कूलका प्रधानाध्यापक दिनेश खतिवडाले स्वागत मन्तव्य राख्दै दुधको महत्वबारे बोल्दै उपस्थित सबैलाई स्वागत गरेका थिए । कार्यक्रममा आयोजनाबारे प्रकाश पार्दै नेपाल डेरी एसोसिएशनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालले भने,‘एसोसिएशन विगत केही वर्षदेखि निरन्तर दुध तथा दुग्धजन्य पदार्थको मौलिक उपभोग तथा व्यवासायिककरणमा क्रियाशिल रहेको र मौलिक उत्पादन मोहीको प्रवर्द्धन र सम्वर्द्धनका लागि परेको र विद्यालय पाठयक्रममा किसान र कृषि पेशाका सम्बन्धमा चित्रण गरिएका विषयबस्तुले कृषक र कृषि पेशाको अवमूल्यन भएको कुरा बताउदै आगामी दिनमा उक्त विषयका बारेमा विषयबस्तु परिमार्जनका लागि सम्बन्धित निकायलाई ध्यानाकर्षणा गराएका छन् ।

काठमाडौं इङ्गलिस स्कूलका अध्यक्ष ईश्वर पुडासैनीले डेरी एसोसिएशनले चलाएको मोही अभियानको विषय उठान गर्दै अत्यन्तै राम्रो भनी धन्यवाद दिनुको साथै कार्यक्रममा सहभागी सबै विद्यार्थीहरुमा सदैव सकारात्मक सोचको आवश्यकता रहेकोले निरन्तर यस्ता कार्यक्रम आयोजना गरी बालबालिकाहरुका सृजनालाई निरन्तर परिष्कृत रुपमा अगाडि बढाउन सबैलाई आग्रह गरे ।

‘विद्यालयस्तरीय कविता प्रतियोगिता’ मा काठमाडौं उपत्यकाका १४ वटा विद्यालयका २६ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । ‘कविता प्रतियोगिता’ मा सहभागी प्रतिस्पर्धी विद्यार्थीहरुमध्ये काठमाडौं विद्यालय कपनका छात्रा सुकृति कोइराला विजयी भएकी छिन् । यस्तै, प्रतियोगितामा क्रमश: ईन्टरनेशनल जोसेफ पव्लिक स्कूल महाँकाल, शान्तिनगरकी छात्रा भावना बराल द्वितिया, हेम्स स्कूल रातोपुलका छात्रा जेनिश न्यौपाने तृतीय तथा युनिभर्सल माध्यमिक विद्यालय, धुम्बाराहीका छात्रा सुप्रिया गुरुङ्ग र काठमाडौं इङलिस स्कूल, नक्सालकी छात्रा श्रुति राईले सान्त्वना भएर पुरस्कार प्राप्त गरेका छन् । कार्यक्रममा आयोजक एसोसिएशनले विजेतालाई नगद, प्रमाण – पत्र, शिल्ड, मेडल र दुध तथा दुग्धजन्य सामाग्री पुरस्कारको स्वरुप प्रदान गरिएको थियो । ‘कविता प्रतियोगिता’ मूल्याङ्कनका लागि निणार्यक मण्डल समिति सदस्यहरुमा त्रिभुवन विश्वविद्यालयका उप – प्राध्यापक उषा आचार्य र साबित्रा पाण्डे रहेका थिए, भने कार्यक्रम सञ्चालन नेपाल डेरी एसोसिएशन वाग्मती प्रदेशका सचिव श्याम प्रसाद घिमिरे गरेका थिए ।

त्यसैगरी, कार्यक्रमका प्रमुख अतिथि प्रदेश दुग्ध विकास बोर्ड, वाग्मती प्रदेशका उपाध्यक्ष हरि प्रसाद पौडेलले दुध पूर्ण पौष्टिक आहार भएकोले यसको सेवन सबैमा अनिवार्य रहेको बताए । विद्यार्थी तथा बालबालिकाहरुका लागि अत्यन्तै श्रेस्यकर रहेकोले नियमित दूध तथा दुग्धजन्य पदार्यको उपभोग गर्न अनुरोध गरेका छन् । पौडेलले भने,‘ग्रामिण अर्थतन्त्रका विकास र समृद्धिका लागि नेपाल जस्तो कृषिप्रधान देशमा कृषि तथा व्यवसायिक पशुपालन नै दिगो आर्थिक विकासको आधार रहेकोले यस क्षेत्रको परिवर्तन र विकासमा सधैं आफू लागि पर्ने र नयाँ युवा पुस्ता पनि आधुनिक कृषि क्षेत्रको विकासमा सरिक हुनु पर्ने ।’