काभ्रेपलान्चोक – नेपालीहरुको दोस्रो ठूलो पर्वको रुपमा रहेको तिहार नजिकिदै गर्दा बजारमा फूल माला, झिलिमिली बत्तीको चहलपहल र व्यापार बढ्दै गएको छ ।

गत वर्ष कोभिड–१९ संक्रमणदर बढेका कारण पर्वहरु मनाउन नपाएपनि यो साल कोभिड–१९ संक्रमणदर कम भएकाले पर्वको उत्साह बढेको र बजारका पसलहरु यतीबेला विभिन्न प्रकारका फूल, फूलका माला र झिलिमिली बत्तीले भरिभराउ बन्न थालेका छन् । तिहारलाई फूल र बत्तिको पर्व एवं दिदीबहिनी—दाजुभाइको मिलनको पर्वको रुपमा समेत लिइन्छ ।   

तिहारको सांस्कृतिक र धार्मिक महत्व ठूलो रहेको छ । तिहारलाई दीपावली पनि भनिन्छ यो पर्व पाँच दिनसम्म मनाइने भएकाले तिहारलाई यमपञ्चक भनेर मनाउने चलन नेपालमा प्रसिद्ध छ । यो पर्व फूल, माला, झिलीमिली बत्ती र द्यौैसी भैलोको लागि अनि सेल रोटी, दिदि बहिनी र दाजु भाईको विषेश भेटघाट लागि विषेश महत्व राख्दछ । यही पर्वको अवसरसँगै प्राकृतिक एवं कृतिम फूलको ब्यापार बढ्न थालेको छ । यतिबेला व्यवसायीहरु पनि तिहारको जोहोको लागि तयारी गरिरहेका छन् । तिहारको समयमा सयपत्री, मखमली र गोदाबरी फूलले अझ महत्व राख्दछ । कराडौं मुल्य बराबरको फूलको व्यापार तिहारमा हुने गर्दछ । पछिल्लो समय फूलको खेती व्यवसायिक रुपमा बढ्दै गएकोले धेरै फूल विदेशबाट किन्न पर्ने बाध्यता हटेको छ । 

फूलको अहिले व्यवसायीक रुपमै खेति हुन थालिसकेको छ । धेरै मानिसहरुको रोजगारीको बाटो बनेको छ पुष्पव्यवसाय । काभ्रेकी तारा शर्मा यसपालिको तिहारमा ६० हजार जतिको फूल बेच्ने लक्ष्य राखेको बताउछिन । बदलिदो संस्कृति सँगै कृतिम फुलहरु पनि बजारमा प्रस्शतै देख्न सकिन्छ । तर पनि प्राकृतिक फुलको महत्व जति छ कृतिम फुलले त्यो ठाउँ लिन सक्दैन ।

धुलिखेलका एक व्यापारी भन्छन् – तिहारमा झिलीमीली बत्ति, लगाएतका अन्य कुराको माग जति छ त्यो भन्दा बढी फूल र फूलका मालाको माग बढ्दो छ । अघिपछि दश देखि पच्चिस रुपैंयामा पाइने मखमली फूलको एउटा मालाको अहिले एक सय देखि दुईसम्ममा बिक्री हुने व्यवसायीहरु बताउँछन् । तिहारमा भाइ पूजालाई मात्र नभई अन्य पूजामा समेत फूलको प्रयोग बढि हुनेहुँदा यसको माग, महत्व र मुल्य पनि बढ्दै गएको छ । गाउँघरतिर आफ्नो लागि आफै फूल रोप्ने चलन भए पनि शहरी क्षेत्रमा भने किनेरै फूलले घरलाई झिलिमिली पार्ने गर्दछन् ।

पछिल्लो समय विभिन्न कार्यक्रम हुँदा खादाको सट्टा फूलको मालाको प्रयोग पनि बढिरहेको छ । जसका कारण सहर बजार नजिकका गाउँहरुमा व्यवसायीक रुपमै फूल खेति गर्ने चलन बढ्दो छ । सिजन बाहेक पनि मालाको प्रयोग बढ्न थालेपछि पुष्प व्यवसाय गर्नेहरुको लागि यो पेशा लाभदायक बन्दै गएको छ । पर्व मनाउनकै लागि होस् या विभिन्न कार्यक्रममा सजावटको लागि होस दिनानु दिन फूलको माग बढ्दो छ । नव क्षितिज साप्ताहिकमा प्रकाशित

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..