अपाङ्गता भएका व्यक्तिको समावेशी विकासमा प्रतिबद्धता : प्रधानमन्त्री कार्की

# अपाङ्गता भएका व्यक्तिको समावेशी विकासमा प्रतिबद्धता : प्रधानमन्त्री कार्की
काभ्रे प्रेस
काभ्रे प्रेस || बुधबार, मंसिर १७, २०८२
अपाङ्गता भएका व्यक्तिको समावेशी विकासमा प्रतिबद्धता : प्रधानमन्त्री कार्की

अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसको अवसरमा प्रधानमन्त्रीले जारी गरेको शुभकामना सन्देशमा उनले अपाङ्गता भएका व्यक्तिको शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा र पुनःस्थापनामा सहज पहुँच सुनिश्चित गर्नका लागि सरकारको सक्रिय प्रयासलाई निरन्तरता दिने उल्लेख गरिन्। सन्देशमा उनले अपाङ्गता भएका व्यक्तिको आर्थिक र सामाजिक अवस्थाको आधारमा सेवा र सुविधामा प्राथमिकता दिई, सबैलाई सम्मानजनक र समतामूलक जीवनयापनको वातावरण प्रदान गर्ने राज्यको नीति रहेको स्पष्ट पारिन्।

प्रधानमन्त्रीले अपाङ्गता भएका व्यक्तिहरूले सामना गर्ने भौतिक, मानसिक, सञ्चार र कानुनी अवरोधहरू हटाएर उनीहरूका लागि पहुँचयुक्त र सम्मानजनक अवस्था सिर्जना गर्नुको आवश्यकता रहेको पनि उल्लेख गरिन्। उनले अपाङ्गता रोकथाम र पुनःस्थापना तथा रोजगार र स्वरोजगारका कार्यक्रमहरूको माध्यमबाट स्वावलम्बी जीवनको लागि तीनवटै तहका सरकारको संयुक्त प्रयासले अपेक्षित उपलब्धि हासिल गर्न सकिने विश्वास व्यक्त गरिन्।

बिज्ञापन

नेपालको संविधान र अन्तर्राष्ट्रिय सन्धिहरूले अपाङ्गता भएका व्यक्तिका आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक अधिकारलाई सुनिश्चित गरेको भन्दै प्रधानमन्त्रीले आजको दिवसले अपाङ्गता भएका व्यक्तिहरूसँग सम्बन्धित संस्थाहरूलाई अझ बढी कार्य गर्नको लागि प्रेरणा र ऊर्जा प्रदान गर्ने कामना गरिन्।

प्रतिक्रिया दिनुहोस !

छुटाउनु भयो र ! ?

up