बनेपा होटल व्यवस्थापन तालिमको आकर्षक गन्तव्य बन्दै

काभ्रे । पछिल्लो समय वैदेशिक रोजगारीसँगै स्वदेशमै पनि होटल तथा हस्पिटालिटी क्षेत्रमा दक्ष जनशक्तिको माग बढिरहेका बेला बनेपास्थित Innovative Hospitality Management Training Center विद्यार्थीहरूको रोजाइको तालिम केन्द्र बन्दै गएको छ।

बनेपा चारदोबाटोमा रहेको यस सेन्टरले SEE तथा प्लस टु परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै विशेष २० प्रतिशत छुटसहित व्यावसायिक तालिम सञ्चालन गरिरहेको छ।

बिज्ञापन

छोटो समयमा सीप सिकेर रोजगारी तथा स्वरोजगार बन्न चाहने युवायुवतीको आकर्षण सेन्टरप्रति बढ्दै गएको छ।

संस्थाले वेटर, बारिष्टा, कुक, बार टेन्डिङ, सुसी, हाउस किपिङ लगायत होटल व्यवस्थापनसम्बन्धी व्यवहारिक तालिम सञ्चालन गर्दै आएको छ। आधुनिक अभ्याससहित अनुभवी प्रशिक्षकबाट मोटिभेसन विधिमा आधारित प्रशिक्षण दिइने भएकाले विद्यार्थीले सहज रूपमा सीप सिक्न पाएको संस्थाको दाबी छ।

विद्यार्थीलाई केवल प्रमाणपत्रमा सीमित नराखी व्यवहारिक ज्ञान, आत्मविश्वास र रोजगारीमुखी दक्षता विकासमा जोड दिइएको सञ्चालक कामदेव शाहले बताए। तालिमपछि होटल, रेस्टुरेन्ट तथा पर्यटन क्षेत्रमा काम गर्ने अवसर समेत सहज बन्ने विश्वास छ।

पिपुल्स क्याम्पस नजिक Essay Print Shop को तेस्रो तलामा रहेको सेन्टरमा हाल नयाँ नयाँ कक्षाहरु धमाधम भइरहेको छ।
📞 सम्पर्क : ०११–६६५७१५
📲 ९८४०८७७७१५ / ९८५१३५८७१५
✨ सीपसँगै भविष्य निर्माण गर्ने अवसर !
🎓 Innovative Hospitality Management Training Center — सफल करिअरतर्फको स्मार्ट छनोट