

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भूमिहीन सुकुम्बासीका समस्याबाट आफूले छाती नहटाएको बताएका छन् ।
बिज्ञापन

आइतबार रास्वपा सांसदहरूको दुई दिने प्रशिक्षण कार्यक्रमको समापनमा बोल्दै उनले यस्तो बताएका हुन् ।


भूमिहीनहरूको समस्याबाट आफ्नो छाती नहटाएको उनले बताए । उनले भने, ‘कसैले पनि भूमिहीनहरूलाई उचाल्न जानैपर्दैन । हामी उहाँहरूलाई अधिकार दिन्छौं । उहाँहरूलाई अधिकार नदिलाएसम्म मेरो छाती हट्नेवाला छैन ।’
उनले सरकारले सुकुम्बासीको समस्या समाधान गर्न चाहेको बताए । उनले आफूहरुको कारणले एउटा पनि सुकुम्बासीको घर नठडिएको र उनीहरूलाई भोट बैंकका रूपमा प्रयोग गरिएकाले यो समस्या बल्झिएको बताए ।
अव्यवस्थित रूपमा र असुरक्षित ढंगले नदी किनारामा बसेका र गैरकानुनी रूपमा सार्वजनिक जग्गा हडपेको अवस्था अहिलेको कदम चालिएको उनले बताए ।


