रास्वपा चौरीदेउरालीमा श्रीमान तामाङको नेतृत्व 

 

चौरीदेउराली । काभ्रेपलाञ्चोक जिल्लाको चौरी देउराली गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ।

बिज्ञापन

अधिवेशनबाट गाउँपालिका समितिको सभापतिमा श्रीमान तामाङ निर्वाचित भएका छन्। त्यसैगरी उपसभापतिमा सरिता चौलागाईं, सचिवमा विनोद ढुङ्गाना, सह–सचिवमा झलक गौतम र कोषाध्यक्षमा देवी ब. चौलागाईं चयन भएका छन्। सदस्यहरूमा राजकुमार गौतम, बिदुर पन्त, अभिषेक प्रधान, सुजिता चौलागाईं, अशोक श्रेष्ठ र डिल्ली प्रसाद चौलागाईं निर्वाचित भएका छन्।
अधिवेशनले सल्लाहकार समितिको संयोजकमा केदार काफ्ले चयन गरेको छ भने सदस्यहरूमा भीमसेन गौतम, बुद्धि ढुंगेल र उद्धव गौतम रहेका छन्। चौरीदेउराली सम्पर्क समितिको संयोजकमा प्रकाश दाहाल चयन भएका छन्।

यसैगरी जिल्ला अधिवेशन प्रतिनिधिमा धर्मनाथ बुढाथोकी, कमलप्रसाद काफ्ले, उज्ज्वल चौलागाईं र उमा प्रधान चयन भएका छन्। प्रदेश अधिवेशन प्रतिनिधिमा उमेश कुमार गौतम तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा मेखबहादुर लामा तामाङ चयन भएका छन्।

नवनिर्वाचित नेतृत्वले चौरी देउराली गाउँपालिकामा सुशासन, विकास, जनसेवा तथा सकारात्मक राजनीतिक संस्कार स्थापना गर्दै संगठनलाई अझ प्रभावकारी र सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।