हरिनाथ न्यौपाने                                                               काभ्रेपलान्चोक –  “दशा बाजा बजाएर आउँदैन” हो त्यस्तै भयो दोलालघाट बजार क्षेत्रका स्थानीयलाई, असार १ को राति मेलम्चि खोलामा आएको बाढीले । तटिय क्षेत्र दोलालघाटका अष्ट बहादुर श्रेष्ठ सुत्ने तरखर गर्दै थिए, एक्कासी खोला ठुलो आवाजमा कराएको र केही दुर्गन्ध आएकोले हतार हतार खोला हेर्न तम्सीए तर उनले कहिल्यै नदेखेको इन्दावती खोला बढेर आएको देखे । हत्तपत्त परिवारका सदस्यलाई सुरक्षित ठाउँमा जान भन्दै उनी बजार क्षेत्रका स्थानीयलाई सके सम्म सजग गराउन लागिपरे । बालबच्चा, बृद्धबृद्धाहरुको चिच्याहट, रुवावासी चलिरह्यो, मध्यरातमा आएको बाढीले दोलालघाट बजारको १३ घरधुरी विस्थापित नै गराइदियो भने १ सय ५१ घरधुरी जोखिममा परे । ८०/९० वर्षको इतिहासमा आफूले कहिल्यै यस्तो विनासकारी बाढी नदेखेको र नसुनेको दोलालघाट बजारका जेष्ठ नागरीक ८५ वर्षीय रेशम बहादुर श्रेष्ठले बतााउनुभयो । असार १/ २०७७ पछिको बाढीका कारण दोलालघाटवासी त्रासमय जीवन बाचिरहेका छन् । कतिबेला के हुन्छ, अन्यौलका विच उनीहरु खोला हेर्दै बस्ने गरेका छन् भने कतिपय आफ्नो घर बचाउन तारजाली लगाउने, आरसीसी ढलान गर्ने काममा व्यस्त छन ।

     माछा मारेर परिवार पाल्नकै लागि सर्लाहिबाट दोलालघाट बस्दै आएका ४५ बर्षीय थेकन सहनीको पिडा पनि कम छैन । दैनिक रुपमा माछा मारेर बेच्दै परिवार पाल्दै आएका सहनीलाई अब रोजीरोटीको संकट परेको छ । साउन महिना खोलामा माछा कम आउने भएपनि बाढीका कारण अब माछा मार्ने काम नै केही बर्ष लाई टरेको गुनासो छ उनको । सहनी लगायत माछा मार्नकै लागि तराई भेगबाट ५/७ जना जालहारी दोलालघाटमा बस्ने गरेका छन् ।  यस्तै त्रास र पिडा दोलालघाटबासीमा पर्दै जादा भुम्लु गाउपालिकाले तत्काल १२ लाख रुपैँया राहत स्वरुप वितरण गर्‍यो भने वडा नं ८ र १० का लागि बजेट उपलब्ध गराउने जनाएको दोलालघाट उद्योग बाणिज्य संघका अध्यक्ष सुरेश कुमार कक्षपतिले जानकारी दिनुभयो । भुकम्पको त्रास, जुरेको पहिरो पछि बल्ल बल्ल बाचेका लाई लकडाउनले समस्या पारिरहेका बेला बाढीले झनै पिडा थपिदिएको छ ।

वि.स. २०२३ साल तिर बनेको अरनिको राजमार्गमा रहेको पक्की पुलमा बाढीले  अहिले सम्म क्षती नपुर्‍याए पनि पुरानो भएकै कारण केही हुने हो की भन्ने त्रास रहेकोे स्थानीयको भनाई छ । बाढीले २५ प्रतिशत बढी कटान गरिसकेकोले तत्काल तटबन्ध बाधेर दोलालघाट बासीलाई सुरक्षित रहेको महसुस दिलाउन होटल व्यवसायी अच्युत नारायण श्रेष्ठले माग गर्नुभयो । डुवान क्षेत्रमा सरकारले आवश्यक ध्यान दिएर प्रभावकारी काम गर्न ढिला भइसकेको उहाँको गुनासो रहेको छ । दुलालेश्वर वातावरणीय तथा समाज सेवा क्लवका अध्यक्ष अष्ट बहादुर श्रेष्ठले अझै धेरै क्षती होला भन्ने त्रासले स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालय सँगको समन्वयमा तारजाली राख्ने काम भईरहेको र पर्याप्त मात्रामा जाली नभएको बताउनुभयो । भुम्लु गाउँपालिका वडा नं ८ का वडाअध्यक्ष मोतिलाल तामाङ्गका अनुसार दोलालघाट बजारको जोखिमयुक्त तीन वटा ठाउँलाई छुट्टाएर यो वर्ष १ करोड ५० लाख बजेट विनियोजन गरिने छ भने पुर्नः स्थापित गर्न १३ घरधुरिलाई प्रति ५० हजार दिइने जानकारी दिनुभयो । बाढीको पिडाबाट मुक्त गर्न तटबन्ध निर्माण, पक्की पुलको आवश्यक सुरक्षा गरी सुरक्षीत भएको  आभास दिलाउन सरकारसँग दोलालघाट बासीले माग गरेका छन । काभ्रे टाइम्स बाट

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….