मुख्यमन्त्री बानियाँको घरसहित ४ स्थानमा एकैपटक सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

ललितपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको ललितपुरस्थित निजी निवासमा सोमबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आकस्मिक छापा मारेको छ ।

अस्वाभाविक सम्पत्ति आर्जन र आर्थिक अनियमितता सम्बन्धी परेको उजुरीका आधारमा विभागले यो कदम चालेको हो ।

बिज्ञापन

प्रारम्भिक जानकारी अनुसार, मुख्यमन्त्री बानियाँको आम्दानीको स्रोत र देखिएको सम्पत्तिबीच मेल नखाएको भन्दै विभागमा उजुरी परेको थियो । विभागको टोलीले निवासबाट विभिन्न महत्त्वपूर्ण कागजात, बैंक विवरण र विद्युतीय उपकरणहरू नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।

विभागले यसअघि पनि केही उच्च पदस्थ अधिकारी र व्यवसायीमाथि अनुसन्धान गरिरहेकोछ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बरामद गरिएका कागजातहरूको सूक्ष्म विश्लेषण गरिने जनाएको छ ।

यस्तै, विभागले बानियाँको घरसहित काठमाडौं नक्सालमा रहेको कार्यालय, काठमाडौं सुन्धाराको कार्यालय, हेटौंडामा रहेको घर र हेटौंडामा रहेको कार्यालयमा पनि छापा मारेको छ ।