

काठमाडौँ । दान कार्कीले ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कमा नवनिर्मित प्रहरी भवनहरूको उद्घाटनका अवसरमा भवन निर्माण कार्यमा उत्कृष्ट योगदान पुर्याउने प्रहरी कर्मचारीहरूलाई प्रशंसापत्र प्रदान गर्नुभएको छ।
बिज्ञापन

उद्घाटन समारोहकै क्रममा प्रहरी संगठनको भौतिक पूर्वाधार विकासमा उल्लेखनीय भूमिका निर्वाह गर्ने प्रहरीहरूलाई सम्मान गरिएको हो। यस अवसरमा राजेश सिलवाल सहितका प्रहरी कर्मचारीहरूलाई प्रशंसापत्र प्रदान गरिएको छ।


कार्यक्रममा बोल्दै आईजीपी कार्कीले प्रहरी संगठनको सेवा प्रवाहलाई प्रभावकारी बनाउन गुणस्तरीय भौतिक संरचना निर्माण अपरिहार्य रहेको उल्लेख गर्दै निर्माण कार्यमा संलग्न प्रहरीहरूको योगदान सराहनीय रहेको बताउनुभयो।
नवनिर्मित भवनले ट्राफिक व्यवस्थापन तथा सेवाप्रवाहलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ।


