विधिको शासन र कानुनी राजको पालना गर्न गोकुल बाँस्कोटाको आग्रह

गोकुल बाँस्कोटाको टिप्पणी : कानुनी तथ्य स्थापित हुनुपर्नेमा जोड

नेकपा एमालेका लोकप्रिय नेता गोकुल बाँस्कोटाले सामाजिक सञ्जाल फेस्बुक मार्फत लेख्दै विधिको शासन, कानुनी राज, मानवअधिकार तथा बालबालिका, ज्येष्ठ नागरिक र महिलाप्रति नेपाली संस्कारको पालना हुनुपर्ने बताएका छन्।

बिज्ञापन

उनले कसैप्रति आग्रह वा पूर्वाग्रह नराखी आवश्यक विषयमा छानबिन गर्न सकिने भए पनि त्यसका लागि कानुनी तथ्य र प्रमाण स्थापित हुनैपर्ने उल्लेख गरेका छन्।

बाँस्कोटाले “अरूलाई पुर्ने खाल्डो खन्दा आफैं पसेर च्यापुसम्म पुरिने” भन्ने उखान स्मरण गराउँदै कानुनी प्रक्रिया र जिम्मेवार आचरणको महत्त्व औँल्याएका छन्। साथै केवल नाराबाजी वा प्रदर्शनले मात्र नहुने भन्दै विधिसम्मत व्यवहार आवश्यक रहेको बताएका छन्।

उनको यो अभिव्यक्ति पछिल्लो राजनीतिक सन्दर्भलाई लक्षित टिप्पणीका रूपमा हेरिएको छ।