रोहित दंगाल सिड्नीस्थित St Martin College मा मार्केटिङ एक्जिक्युटिभ नियुक्त

 

सिड्नी (अष्ट्रेलिया) — अष्ट्रेलियाको सिड्नीमा अवस्थित St Martin College मा रोहित दंगाल मार्केटिङ एक्जिक्युटिभ पदमा नियुक्त हुनुभएको छ। अन्तर्राष्ट्रिय शिक्षा परामर्श क्षेत्रमा झण्डै एक दशकदेखि सक्रिय रहँदै आउनुभएका दंगालले यस अवधिमा धेरै नेपाली विद्यार्थीहरूलाई विदेश अध्ययनका लागि सही मार्गदर्शन प्रदान गर्दै अनुभवी शिक्षा परामर्शदाताको रूपमा आफूलाई स्थापित गर्नुभएको छ।

बिज्ञापन

कलेजले अन्तर्राष्ट्रिय विद्यार्थीहरूले गुणस्तरीय शिक्षा सहज र सरल रूपमा प्राप्त गर्न सकून् भन्ने उद्देश्यका साथ दंगाललाई उक्त पदमा नियुक्त गरेको जनाएको छ। उहाँको अनुभव र अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रप्रतिको समझदारीले कलेजलाई अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना व्यवस्थापन तथा शैक्षिक समन्वयमा थप सहयोग पुग्ने विश्वास गरिएको छ।

नेपालबाट अष्ट्रेलियामा अध्ययनका लागि जान इच्छुक विद्यार्थीहरू तथा आफ्ना विद्यार्थीहरूलाई अष्ट्रेलिया पठाउन चाहने नेपालस्थित शैक्षिक परामर्शदाता संस्थाहरू (एजुकेशनल कन्सल्टेन्सीहरू) ले अब रोहित दंगालसँग प्रत्यक्ष सम्पर्क गरी St Martin College, सिड्नी मा अध्ययनका लागि आवेदन प्रक्रिया अघि बढाउन सक्ने जनाइएको छ।

यस सहकार्यले नेपालका विद्यार्थीहरूलाई विश्वस्तरको शिक्षा प्राप्त गर्न थप सहज, व्यवस्थित र विश्वासिलो मार्ग उपलब्ध गराउने अपेक्षा गरिएको छ।

नवनियुक्त मार्केटिङ एक्जिक्युटिभ दंगालले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई सही सूचना, उपयुक्त मार्गदर्शन तथा गुणस्तरीय शैक्षिक अवसर उपलब्ध गराउन आफू थप सक्रिय रूपमा लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।