युनिटीकाे अभिभावक अभिमुखिकरण

 

फागुन ८ गते
भक्तपुर/सुर्यविनायक नगरपालिका वडा ५ कटुन्जेमा अवस्थित युनिटी इङ्ग्लिस स्कुलले २४औँ स्थापना दिवसको अवसरमा एक दिने अभिमुखीकरण कार्यक्रम-२०८२ सफलताका साथ सम्पन्न गरेको छ ।

बिज्ञापन

नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष संजय खड्काकाे प्रमुख आतिथ्यतामा युनिटी इङ्ग्लिस स्कुलले आफ्नो २४औँ स्थापना दिवसको अवसरमा आफ्ना अभिभावकका लागि अभिमुखिकरण प्रदान गरेको हाे ।

शैक्षिक क्षेत्रमा आफ्नाेे छुट्टै पहिचान बनाएको युनिटीकाे उक्त कार्यक्रममा
प्रमुख अतिथि नेश्नल प्याबसन भक्तपुरका अध्यक्ष खड्काले विद्यालयकाे गतिविधिकाे प्रशंसा गर्दै विद्यालयले २४औं बर्ष सम्म आइपुग्दा बिद्यालयले आफ्नो स्थापना कालदेखि नै सहुलियत शुल्कमा गुण्स्तरीय शिक्षा प्रदान गर्दै आएको बताउनुभयाे । अध्यक्ष खड्काले हालसम्म पनि विद्यालयले शैक्षिक गुणस्तर कायम राखेकाे धारणाा राख्नुभयाे । खड्काले विद्यालय आफ्नो लक्ष्य र उद्देश्यमा अडिक रहि शैक्षिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको कुरा बताउनु भयो ।
साथै उहाँले पछिल्ला बर्षहरुमा युनिटीले शैक्षिक उपलब्धि तथा नतिजा र पठनपाठन सिकाई उपलब्धिमा सफलता हात पार्दै गएको जानकारी गराउनुभयो । उहाँले विद्यालयको उत्कृष्ट ब्यवस्थापन र नेतृत्वका कारण आज युनिटी एउटा कटुन्जेको प्रमुख आकर्षणको केन्द्र बनेको र अभिभावकहरु विद्यालयका लागि अन्यन्त्र टाढा जानुनपर्ने बताउनु भयो ।

अभिमुखीकरण कार्यक्रमका प्रमुख वक्ता उत्प्रेरक, सचेतक एवं मनोपरामर्शकर्ता डा रविन कटवालले बिशेष रुपले संस्कार सहितको शिक्षा घरैबाट पनि कसरी दिन सकिन्छ ? अभिभावक, विद्यालय र विद्यार्थी बिचको महत्वका बारे चर्चा गर्दै असल अभिभावकत्व के हो ? कसरी निर्वाह गर्न सकिन्छ ? बालबच्चाहरुमा पढाई लेखाई प्रति कसरी अभिरुचि बढाउन सकिन्छ ? भन्ने बारे उत्प्रेरित गर्नुभयो ।

कटुवालले अभिभावकले बालबालिकाहरुलाई समय दिनु पर्ने, उनीहरुको व्यवहार र संगतमा पनि ध्यान दिनु पर्ने जस्ता विषयहरुमा प्रशिक्षण गर्नु भएको थियो ।

उक्त कार्यक्रममा युनिटी स्कुलका प्रिन्सिपल विपिन गुमान्जुले विद्यालय २४ औँ वर्षमा प्रवेश गर्न सफल भइरहँदा विद्यालयमा हालसम्म जोडिरहनु हुने, हौसला प्रदान गर्नुहुने र बिश्वास गर्नुहुने सम्पूर्ण अभिभावकवर्ग प्रति हार्दिक आभार र कृतज्ञता प्रकट गर्नुभयो ।
प्रिन्सिपल गुमाञ्जुले हालको शैक्षिक सत्र २०८२ को सुरुवात देखिनै विद्यार्थीको पढाई, लेखाई र सिकाईलाई अतिरिक्त कृयाकलाप सङ्ग जोड्न सफल भएको र सो खालका कृयाकलापले विद्यार्थीवर्गको प्रतिभा प्रस्फुटन हुँदै गएको र विद्यार्थीको सिकाई र व्यवहारिक ज्ञानमा वृद्धि भएको बताउनु भयो ।

गुमाञ्जुले युनिटी गुणस्तरीय शिक्षामा विश्वस्त हँदै शैक्षिक विकासमा सदैव अघि बढ्दै गर्ने बताउनुभयो ।