
सुनसरी क्षेत्र नं. ४ मा स्वतन्त्र उम्मेदवार यमुना केसी ‘मुसा’ चिन्ह लिएर घरदैलो अभियानमा व्यस्त छिन्। उनका कदमहरू केवल मत माग्नका लागि होइनन्, वर्षौँदेखि उपेक्षित महसुस गरेका मतदाताको आवाज सुन्नका लागि देखिन्छन्।

स्थानीयहरू भन्छन्—पहिलो पटक उम्मेदवार आफ्नै आँगनमा आएर समस्या सोध्दै, ध्यानपूर्वक सुन्दै गरेको अनुभव भएको छ। कतै आमाको माया, कतै वृद्धको आशीर्वाद, त कतै युवाको सपनासँगै उनको अभियान भावनाले भरिएको बनेको छ।
बिज्ञापन

“तपाईंहरूको आवाज संसदसम्म पुर्याउने जिम्मा मेरो,” भन्ने उनको प्रतिबद्धताले मतदातामा नयाँ भरोसा जगाएको छ। यही कारण सुनसरी–४ मा यसपटक चर्चा चिन्हको भन्दा विश्वासको बढी सुनिन थालेको छ।




