२९ भन्दा बढि विधामा अवार्ड प्रदान गरि, सातौँ ज्योति फिल्म्स म्युजिक अवार्ड सम्पन्न

# २९ भन्दा बढि विधामा अवार्ड प्रदान गरि, सातौँ ज्योति फिल्म्स म्युजिक अवार्ड सम्पन्न
काभ्रे प्रेस
काभ्रे प्रेस || मंगलबार, माघ २७, २०८२
२९ भन्दा बढि विधामा अवार्ड प्रदान गरि, सातौँ ज्योति फिल्म्स म्युजिक अवार्ड सम्पन्न

काठमाडौँ  ज्योती फिल्मस् म्युजिक अवार्डको सातौं संस्करण यसपटक नेपालमै सम्पन्न भएको छ । बिगतका पाचौं र छैठौं संस्करण दुबईमा सम्पन्न भएको यस अवार्ड कार्यक्रम यसबर्ष भने नेपालमै भब्य रुपमा सम्पन्न भएको छ ।आयोजक रोयल मुभिजका अनुसार यसबर्ष काठमाडौंको भृकुटिमण्डपमा रहेको पुलिस क्लबको हलमा भब्य रुपमा अवार्ड सम्पन्न भएको हो । अवार्ड २९ बिधामा प्रदान गरिएको रोयल मुभिजका अध्यक्ष निरेन श्रेष्ठले हुलाक पत्रलाई जानकारी दिएका छन् । श्रेष्ठका अनुसार यस वर्ष नेपालमै अवार्ड गर्नुको उद्देश्य धेरैको गुनासो र आग्रह पनि हो । उनले भनेका छन्, ‘धेरैले नेपालमै अवार्ड समारोह गर्न आग्रह पनि गर्नुभयो । बिगतका दुईबर्ष बाहिर गरियो यसपटक नेपालमै गर्ने योजना बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up