

बनेपा, काभ्रेपलाञ्चोक ।
सडक दुर्घटना न्यूनीकरण तथा रोकथाम गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपा, काभ्रेपलाञ्चोकले ट्राफिक जनचेतना कार्यक्रम सम्पन्न गरेको छ।

बनेपा नगरपालिका वडा नं. ७ स्थित रहेको वल्डलिङ्क (WorldLink) शाखा मा कार्यरत कर्मचारीहरूलाई लक्षित गरी उक्त कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा ट्राफिक नियमको पालना, सुरक्षित सवारी सञ्चालन, पैदलयात्रीको भूमिका, हेलमेट तथा सिटबेल्टको प्रयोग, तथा सडक दुर्घटनाबाट बच्ने उपायबारे प्रशिक्षण दिइएको थियो।


कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाका ट्राफिक प्रहरी अधिकृतहरूले दैनिक जीवनमा ट्राफिक नियमको पालना गर्नु सबै नागरिकको दायित्व भएको बताउँदै सचेतनाले नै दुर्घटना न्यूनीकरण गर्न सकिने धारणा राखेका थिए।
उक्त प्रशिक्षणबाट सहभागी कर्मचारीहरू ट्राफिक नियमप्रति अझ सचेत बन्ने विश्वास लिइएको छ।


