
कपिलेश्वर, नुवाकोट । चर्चित लोकदोहोरी गायक दिनेश श्रेष्ठ उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।

ककनीमा आयोजित भेलामार्फत पार्टी प्रवेश गरेका श्रेष्ठलाई उज्यालो नेपाल पार्टी पञ्चकन्या गाउँपालिका तदर्थ समितिको अध्यक्ष (संयोजक)को जिम्मेवारी दिइएको छ।
बिज्ञापन

पार्टी प्रवेशपछि उनले कुलमान घिसिङको नेतृत्वमा सकारात्मक परिवर्तन सम्भव हुने विश्वास व्यक्त गरे। कार्यक्रममा श्रेष्ठले आफ्नो चर्चित लोकदोहोरी गीत प्रस्तुत गर्दै दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए।




