चौथो संस्करणको ‘मिलिनियम किड्स इन्टरनेशनल’का विजेता घोषित

काठमाडौं,
पुस २१ ।

चौथो संस्करणको ‘मिलिनियम किड्स इन्टरनेशनल’का विजेता घोषित गरिएको छ । ‘मिलिनियम किड्स इन्टरनेशनल २०२६’मा एकसाथ चार विजेता छानिएका हुन् । प्रतियोगितामा जुनियर र सिनियर बालक तथा बालिका गरेर एकसाथ चार विजेता छानिएको हो ।

बिज्ञापन

जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार साँझ सम्पन्न प्रतियोगितामा जुनियर बालकतर्फ रिवान बस्नेत विजेता बन्दा जुनिएर बालिकातर्फको उपाधि आरुसी बुढाथोकीले हात पार्नुभयो ।

त्यस्तै, सिनियर बालकतर्फ इंगसोजंग थापा शीर्ष विजेता घोषित हुँदा सिनियर केटीतर्फको उपाधि मानस्वी बस्नेतले हात पार्नुभयो । शीर्ष विजेता सबैले उपाधिको साथमा विभिन्न अवसरसमेत पुरस्कारको रूपमा प्राप्त गरेका छन् ।

प्रतियोगीतामा जुनियर बालकतर्फ शिवांशु आर्याल सेकेण्ड रनरअप र प्रान्शु बस्नेत फष्ट रनरअप छानिदा जुनियर बालिकातर्फ क्यारिन बाडेकर फोर्थ अनरअप, अनिता महर्जन थड रनरअप, शुभानी पाण्डे सेकेण्ड रनरअप र अलिमा थापा फष्ट रनरअप बन्नुभयो ।

त्यस्तै, सिनियर बालकतर्फ शिबाम्सु कटेल सेकेन्ड रनरअप बन्दा ब्रायन श्रेष्ठ फष्ट रनर अप बन्नुभयो । सिनियर बालिकातर्फ रेनेश्मी स्थापित फोर्थ रनरअप, इभानी पुनमगर थर्ड रनरअप, डिजा आभा तिम्सेना सेकेण्ड रनरअप, सुशासिका घर्तीमगर फष्ट रनरअप विजेता बन्न सफल रहनुभयो ।

प्रतियोगिताको निर्णयकमा होमनाथ आचार्य (प्रिन्सिपल माछापुच्छ«े आइबी वल्र्ड स्कुल) सन्तोष दाहाल प्रिन्सिपल (ललितपुर युरो स्कुल), बुनु राई (प्राइमरी स्कुल को-अडिनेटर, काठमाडौं वल्र्ड स्कुल) सुरैया शाक्य (प्राइमरी को-अडिनेटर ज्ञानोदय बालवाटिका उच्च माध्यमिक विद्यालय) कल्पना त्रिपाठी (इवाईपी को-अडिनेटर जेभियर इन्टरनेशनल स्कुल)लगायत निर्णायक रहनुभएको थियो ।
रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको प्रतियोगिताको कोरियोग्राफी अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले गर्नुभएको थियो ।

विभिन्न आकर्षक शैलीमा बालबालिकाको स्टेज प्रस्तुतिसहित आयोजित प्रतियोगिता बालबालिकालाई भविष्य निर्माणमा सक्षम बनाउने उद्देश्यले आयोजना गरिएको आयोजक रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका प्रबन्ध निर्देशक, अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले बताउनुभयो । प्रतियोगीको ड्रेस डिजाइन श्रीषा बैदारले गर्नुभएको थियो ।