
नेपाल-चीन जोड्ने रसुवा नाकामा अस्थायी पुल (बेलिब्रिज) निर्माण सम्पन्न भएको छ । निर्माण सम्पन्न भएपछि आजदेखि उक्त नाका सञ्चालनमा आएको हो ।गत असारमा आकस्मात् आएको बाढीले मितेरी पुल बगाउँदा सामान लिएर आउँदै गरेका नेपालका सयौँ गाडी चीनतर्फ रोकिएका थिए । ६ महिनादेखि चीनमा अड्किएका नेपाली गाडी आजदेखि नेपाल आउन थालेका छन् ।

सिन्धुपाल्चोकको तातोपानी नाका २०७२ सालको भूकम्पपछि बन्द भएपछि रसुवाको यो नाका व्यापारका दृष्टिकोणले महत्त्वपूर्ण रहेको छ । पर्यटनको हिसाबले पनि रसुवा नाका महत्त्वपूर्ण छ । बिहीबारदेखि नेपाल–चीन जोड्ने मितेरी पुल पुनः सञ्चालनमा आएको रसुवागढीस्थित भन्सार कार्यालयले जनाएको छ । योसँगै नेपाल–चीन व्यापार सहजीकरण हुने भएको छ ।

यसको विकल्पमा उपल्लो मुस्ताङबाट विद्युतीय सवारी आयात गर्न थालिएको थियो । तर, अब छोटो र सहज स्थलमार्ग रसुवागढीबाटै अब गाडी लगायतका वस्तु आयात गर्न सकिने भएको छ । बाढीले पुल बगाउनेबित्तिकै चिनियाँ पक्षबाटै उक्त स्थानमा बेलिब्रिज बनाउने कार्य थालेको थियो । उक्त कार्य सम्पन्न भएसँगै नेपाल–चीन व्यापार सहज भएको हो ।




