
बनेपा । बनेपा नगरपालिका–१४ काँक्राबारीमा फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ। मजुवाबारी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको आयोजनामा हुने प्रतियोगिता आगामी पौष २० गतेदेखि सुरु हुने आयोजकले जनाएको छ।

प्रतियोगिता बनेपा–१४ स्थित एनडिओ खेलमैदान, पेरुङ्गेमा सञ्चालन हुनेछ। स्थानीय युवालाई खेलकुदमार्फत सक्रिय बनाउने, आपसी सद्भाव बढाउने तथा खेल प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको समितिले जनाएको छ।
बिज्ञापन

आयोजकले इच्छुक फुटबल टिमहरूलाई तोकिएको समयभित्र नाम दर्ता गर्न आग्रह गरेको छ। प्रतियोगितासम्बन्धी विस्तृत जानकारी र दर्ता प्रक्रियाका लागि आयोजक समितिसँग सम्पर्क गर्न सकिने जनाइएको छ ।




