
बनेपा । काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको २८ औँ वार्षिक साधारणसभाबाट निर्वाचित सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरूलाई बधाई तथा शुभकामना प्रदान गरिएको छ।

जिल्ला सहकारी संघ लिमिटेड (डिस्कोफ) बनेपा, काभ्रेपलाञ्चोकको आयोजनामा सम्पन्न कार्यक्रममा “समृद्ध काभ्रे हाम्रो पहिचान, घरघरमा सहकारी सदस्यता अभियान” भन्ने मूल नारालाई आत्मसात गर्दै नवनिर्वाचित नेतृत्वलाई औपचारिक रूपमा सम्मान गर्दै सफल कार्यकालको शुभेच्छा व्यक्त गरिएको हो।

कार्यक्रममा जिल्ला सहकारी संघ लिमिटेडका अध्यक्ष अमन पोटे श्रेष्ठले सहकारी अभियानलाई पारदर्शी, उत्तरदायी र सदस्य–केन्द्रित बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिनुभयो। संघका सचिव प्रकाश बन्जारा, कोषाध्यक्ष अर्जुन प्रसाद सापकोटा तथा संघका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार श्रेष्ठ लगायतले नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो।



कार्यक्रममा वक्ताहरूले सहकारी क्षेत्रको दिगो विकास, सुशासन र सदस्य सहभागितामार्फत जिल्लाभर सहकारी अभियानलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे।

बधाई तथा शुभकामना कार्यक्रम २०८२ पौष १६ गते बुधबार, जिल्ला सहकारी संघ लिमिटेड बनेपाको सभाहलमा सम्पन्न भएको हो।



