केयू ग्लेसियरमा विपिएच पाँचौं व्याचका विद्यार्थीलाई अभिमुखिकरण, उत्कृष्ट विद्यार्थी सम्मानित

# केयू ग्लेसियरमा विपिएच पाँचौं व्याचका विद्यार्थीलाई अभिमुखिकरण, उत्कृष्ट विद्यार्थी सम्मानित
काभ्रे प्रेस
काभ्रे प्रेस || सोमबार, पुष १४, २०८२
केयू ग्लेसियरमा विपिएच पाँचौं व्याचका विद्यार्थीलाई अभिमुखिकरण, उत्कृष्ट विद्यार्थी सम्मानित

काभ्रे । काठमाडौं विश्वविद्यालयको सहकार्यमा सञ्चालित केयू ग्लेसियरको ब्याचलर इन हस्पिटालिटी म्यानेजमेन्ट (विपिएच) को पाचौं व्याचका ३२ विद्यार्थीलाई कोर्षबारे अभिमुखिकरण गरिएको छ । विश्वविद्यालयको सि.भि. रमण हलमा आयोजित कार्यक्रममा कोर्षबारे अभिमुखिकरणका साथै अघिल्ला ब्याचमा उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको हो ।

केयू स्कुल अफ म्यानेजमेन्टका एशोसिएट डिन डा. खगेन्द्र आचार्य, प्रोगाम कोअर्डिनेटर आशा थापा मगर, कलेजका प्रोगाम कोअर्डिनेटर अनुप विष्ट लगायतले उनीहरुलाई अभिमुखिकरण गरेका थिए ।

बिज्ञापन
एशोसिएट डिन डा. आचार्यले केयूले समयको माग र आवश्यकता अनुसारको बिषयमा अध्यापन गराइरहेको भन्दै विद्यार्थीहरुलाई सहयोग गर्न आफू र संस्था सदैव तयार रहेको बताए । प्रोगाम कोअर्डिनेटर आशा थापा मगरले मानिसमा हुनुपर्ने सबै गुण, सीप सिकाएर दक्ष जनशक्ति तयार गर्ने लक्ष्य रहेको बताइन् ।

ग्लेसियर कलेज सञ्चालक समितिका अध्यक्ष भोला थापाले स्वदेश र अन्तराष्ट्रिय बजारमा समेत प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति तयार गर्न हस्पिटालिटी क्षेत्रको पढाइ थालिएको बताए।

कलेजका प्रोगाम कोअर्डिनेटर अनुप विष्टका अनुसार, सन् २०२२ प्रेबुअरीबाट शुरु भएको कार्यक्रमको चौथो व्याच तयार भइसकेको छ । पहिलो अन्तिम सेमेस्टर (आठौं) समेष्टर अन्तर्गत अन्तराष्ट्रिय क्षेत्रमा इन्टर्नसिप गरिरहेका छन् । प्रिन्सिपल इन्दु थापाले पर्यटन, होटल, वायु सेवा लगातयका क्षेत्रमा सम्भावना रहेको विपिएच विषय विद्यार्थीको रोजाईमा रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस !
up