
बागमती प्रदेश – बागमती प्रदेश डजबल संघको निर्वाचन सर्वसम्मत रूपमा सम्पन्न भएको छ। सम्पन्न निर्वाचनबाट संघको अध्यक्षमा महेन्द्र विष्ट चयन भएका छन्। यस्तै, वरिष्ठ उपाध्यक्षमा प्रताप तामाङ, सचिवमा विनोद कोइराला र कोषाध्यक्षमा रूपात्री ढंगाना निर्वाचित भएका छन्।
त्यसैगरी संघको सदस्यमा मन्दीरा कुमारी दाहाल, लक्ष्मण सुनार, राजाराम पण्डित क्षेत्री र विकास अधिकारी चयन भएका छन्। सर्वसम्मत नेतृत्व चयनसँगै बागमती प्रदेशमा डजबल खेलको भविष्यप्रति सकारात्मक सन्देश प्रवाह भएको खेलकुद क्षेत्रका जानकारहरूको भनाइ छ।

नवनिर्वाचित अध्यक्ष महेन्द्र विष्टले आफूलाई दिएको विश्वासप्रति धन्यवाद व्यक्त गर्दै डजबल खेलको विकासमा सबैलाई साथ लिएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। उनले भने,
“सर्वसम्मत रूपमा नेतृत्वको जिम्मेवारी दिनु भएकोमा सबैलाई धन्यवाद दिन चाहन्छु। अब हाम्रो प्राथमिकता डजबल खेलको विकास र विस्तार, संघमा पारदर्शिता र सुशासन कायम गर्नु, तथा खेलाडी, प्रशिक्षक र अफिसियलहरूको हकहित र क्षमता विकासमा केन्द्रित रहनेछ।”

अध्यक्ष विष्टका अनुसार आगामी दिनमा प्रदेशस्तरमा प्रतियोगिता, तालिम र अवसरहरू बढाइनेछ भने युवा प्रतिभालाई प्रोत्साहन गर्दै उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने लक्ष्यका साथ संघले योजनाबद्ध रूपमा काम गर्नेछ। नवनिर्वाचित कार्यसमितिले बागमती प्रदेशमा डजबल खेललाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।




