
काठमाडौं । आज २०८२ साल पुस १२ गते शनिबार तदनुसार सन् २०२५ डिसेम्बर २७ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। आजको राशिफल कस्तो छ हेरौं ।

मेष : दिन राम्रो छ । स्वास्थ्यमा सुधार हुनेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ । आफन्तले भन्दा बाहिरका व्यक्तिले सम्मान गर्ने योग छ ।

वृष : उत्तरको लामो यात्रामा नजानु राम्रो हुनेछ । विपक्षी साथीको साथ मिल्ने भएकाले सोचेका काम बन्नेछ । शिक्षामा समय बिताउँदा फाइदा हुनेछ । मन शान्त बन्नेछ । स्वास्थ्यमा सुधार हुनेछ ।


मिथुन : शुभ ग्रहको बहुमत भएकाले दिन राम्रो छ । शिक्षाको लगानीबाट फाइदा हुनेछ । परीक्षा दिएर नतिजाको पर्खाइमा भए सफलता मिल्नेछ । परिवारसँगको रमाइलो घुमघाम तय हुनेछ । प्रेम सम्बन्धमा खटपटी बढ्ने जोखिम छ ।
कर्कट : सञ्चित धन खर्च हुनेछ । साना कुराले मनमा खटपटी बढ्नेछ । व्यवहार गर्दा सचेत बन्नुपर्नेछ । बौद्धिक क्षेत्रका साथीसँग प्रतिस्पर्धा गर्नुपर्ने योग छ । स्वास्थ्यमा समस्या हुनसक्छ ।
सिंह : आफन्तले घेराबन्दी गर्ने जोखिम छ । आफ्नो भन्दा पनि अरुको निर्णय मान्नुपर्ने बाध्यता हुनेछ । दाम्पत्य सम्बन्ध भने सुखमय बन्ने योग छ । रोगसँग लड्ने क्षमता बढ्नेछ ।
कन्या : दाजुभाइसँगको कारोबारमा फाइदा हुनेछ । लगानी गर्न हिम्मत गर्नुपर्ने दिन छ । शिक्षा र स्वास्थ्यको क्षेत्रमा सुधार हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
तुला : शिक्षाको क्षेत्रमा गरेको प्रयासलाई निरन्तरता दिनुपर्ने आवश्यकता छ । आज काम नबने पनि मिहिनेतको फल प्राप्त हुनेछ । मन शान्त बन्नेछ । शिक्षामा थप श्रम गर्नुपर्ने दिन छ ।
वृश्चिक : साथीभाइसँगको भेटले मन खुसी हुनेछ । रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ । प्राविधिक शिक्षामा गरेको प्रयास सफल बन्नेछ । सानो कुरामा अल्झिएमा मन अशान्त बन्ने जोखिम छ ।
धनु : दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । दैनिक काम भन्दा ठुला योजनाको सुरुवात नगर्नु राम्रो हुनेछ । उपचारमा भए लाभ प्राप्त हुनेछ । परिवारको सल्लाह अनुसार अगाडि बढेमा मनमा शान्ति मिल्नेछ ।
मकर : मनमा कुरा लुकाउने भन्दा साथीसँग साट्नु राम्रो हुनेछ । एकल लगानी भन्दा संयुक्त लगानीबाट फाइदा हुनेछ । प्रियजनबाट धोका हुने जोखिम रहेको छ । मिहिनेतको फल मिल्ने छ ।
कुम्भ : भाग्यले साथ दिनेछ । मनमा शान्ति मिल्नेछ । साथीको सााथमा महत्त्वपूर्ण काम बन्नेछ । स्वास्थ्य र शिक्षाको प्रयास सफल बन्नेछ । बिहान उठेर शिवको भजन सुन्न सकेमा दिन सहज बन्नेछ ।
मीन : दिन राम्रो छ । सोचेका काम बन्नेछन् । बिहानै गणेशको दर्शन गरेमा दिन सहज बन्नेछ । साथीभाइले महत्त्वपूर्ण काममा साथ दिनेछन् । परिवार भित्र सुख र शान्ति मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।


