बागमती प्रदेश डजबल नेतृत्वका लागि महेन्द्र बिष्ट उपयुक्त किन ?

काभ्रे/बागमती । बागमती प्रदेशमा डजबल (Dodgeball) खेलको दिगो विकास, विस्तार र संस्थागत सुदृढीकरणका लागि महेन्द्र बिष्टको नेतृत्व आवश्यक र उपयुक्त रहेको सरोकारवालाहरूले बताएका छन्। खेलकुद व्यवस्थापनदेखि युवा खेलाडी उत्पादनसम्मको स्पष्ट दृष्टिकोणका कारण बिष्टप्रति भरोसा बढ्दै गएको हो।

खेलकुद व्यवस्थापन, टिम समन्वय तथा विभिन्न कार्यक्रम सञ्चालनमा लामो अनुभव बटुलेका बिष्टबाट प्रभावकारी र परिणाममुखी नेतृत्व अपेक्षा गरिएको छ। उहाँले डजबल जस्तो उदाउँदो खेललाई व्यवस्थित रूपमा अघि बढाउन निरन्तर सक्रियता र प्रतिबद्धता देखाउँदै आउनुभएको छ।

बिज्ञापन

बिष्टको नेतृत्वको अर्को महत्वपूर्ण पक्ष भनेको युवा तथा खेलाडीमैत्री दृष्टिकोण हो। विद्यालय र क्लब तहबाट नयाँ खेलाडी उत्पादन गर्ने, युवालाई अवसर प्रदान गर्ने र खेललाई आधारभूत तहदेखि नै मजबुत बनाउने उहाँको स्पष्ट सोच रहेको बताइन्छ।
त्यसैगरी, प्रदेश, जिल्ला र स्थानीय तहका खेलकुद निकायहरूसँग समन्वय गर्न सक्ने क्षमता बिष्टको थप विशेषता हो। राम्रो नेटवर्क र सहकार्यको माध्यमबाट डजबल खेललाई प्रदेशभर विस्तार गर्न सकिने विश्वास गरिएको छ।

निर्णय प्रक्रियामा निष्पक्षता र पारदर्शिता अपनाउने नेतृत्व शैलीका कारण सबै खेलाडी, प्रशिक्षक र सरोकारवाला समेटिने वातावरण बन्ने अपेक्षा गरिएको छ। साथै, तालिम, प्रतियोगिता आयोजना, रेफ्री विकास तथा संरचनागत सुधारसहितका दीर्घकालीन योजनाहरू बिष्टको नेतृत्वमा कार्यान्वयन हुने विश्वास व्यक्त गरिएको छ।

यी सबै कारणले बागमती प्रदेश डजबलको नेतृत्वका लागि महेन्द्र बिष्ट उपयुक्त पात्रका रूपमा अघि बढिरहेको खेलकुद क्षेत्रका जानकारहरूको भनाइ रहेकोे छ।