

इलाका प्रहरी कार्यालय डकाहाको कार्यालय प्रमुखको जिम्मेवारीमा रहेकी इन्स्पेक्टर खड्काको कमाण्डमा कात्तिक ४ गते भरुवा बन्दुकसहित लुकाउने व्यक्ति पक्राउ परेका थिए ।
बिज्ञापन

उनैले विभिन्न कसुरमा दोषी रही फरार भएका ५ प्रतिवादीलाई पक्राउ गरेकी थिइन् । खड्काले दुधौली नगरपालिका– १४, गायोटार बस्ने कूलबहादुर सुनुवार र मंगलबहादुर सुनुवारले आ–आफ्ना घर नजिकै बनमारा झाडीमा लुकाएर राखेका अवैध भरुवा बन्दुक फेला पारेकी थिइन् । सुनुवारद्वयलाई उनले कानूनी दायरामा ल्याएकी थिइन् ।


उनले विभिन्न कसूरमा दोषी ठहर भई फरार रहेका ५ जना प्रतिवादी पक्राउ गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको कारण उनका कार्यसम्पादनको उच्च मूल्याङ्कन गर्दै उत्कृष्ट प्रहरी घोषित गरिएको हो


